डा.केसीको समर्थनमा बीपीका चिकित्सकहरुद्धारा र्याली(फोटोफिचर)














धरान । चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)मा भएको राजनीतिक तथा प्रशासनिक हस्तक्षेप विरुद्ध आमरण अनसनमा बसेका वरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा.गोविन्द केसीको समर्थन र उनको जीवन रक्षाको माग गर्दै आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सोमबार र्याली निकालेका छन् ।
नेपाल चिकित्सक संघको आहवनमा ओपिडी सेवा बहिष्कार गरेका प्रतिष्ठानका चिकित्सकहरु आइतबार सडकमा निस्किए । प्रतिष्ठानको जिओपिडी भवनअघिबाट शुरु भएको र्याली भानुचौकमा पुगेर टुंगिएको थियो । र्यालीको क्रममा उनीहरुले स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, डा.केसीको जीवन रक्षा गर, अनसन जारी छ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । भानुचौकमा पुगेपछि चिकित्सकहरुले डा.केसीको जीवन रक्षाको कामना गर्दै मैनवत्ति बालेका थिए ।


आम सरोकारको बिषय उठाएर साता अघिदेखि आमरण अनसनमा बसेका डा.केसीको मागप्रति सम्बन्धित निकाय मौन बसेकोले सडकमा उत्रन बाध्य भएको चिकित्सकहरुले बताएका छन् । ‘मागप्रति सम्बन्धित निकाय गम्भीर भएन, समस्या झन् विकराल बन्दै गयो’–प्रा.डा.गोविन्द के.सी.ऐक्यवद्धता समितिका संयोजक डा. डा.मधुर बस्नेतले भने–‘त्यसैले हामी सडकमा उत्रन बाध्य भयौं ।’ डा. केसीको आमरण अनसनप्रति समर्थन जनाउदै प्रतिष्ठानका चिकित्सकहरुले गत बिहिबारदेखि रिले अनसनमा छन् । माग सम्बोधन नभएसम्म उनीहरुले अनसन नरोक्ने पनि बताएका छन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे