डिपो कपमा हिमशिखर सेमीफाइनल प्रवेश


धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कप ०७० मा सुनसरीको तहरास्थित हिमशिखर इङ्लिस बोर्डिङ स्कुल सेमीफाइनल प्रवेश गरेको छ ।
डिपो उच्चमाविको खेल मैदानमा जारी प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा धरानको विष्णु मेमोरियल उच्चमाविको टिमलाई ७–० को विशाल गोलअन्तरले हराउदै हिमशिखर सेमीफाइनल पुगेको हो । होलिल्याण्डको जितमा समीर राईले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको १९ औं मिनेट, दोस्रो हाफको ४ र ८ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । प्रतियोगितामा उनको यो पहिलो ह्याट्रिक हो ।
खेलमा हिमशिखरको लागि पहिलो गोल भने पहिलो हाफको १३ औं मिनेटमा असिम राईले गरेका थिए । यसैगरि, दोस्रो हाफको ६ र २३ औं मिनेटमा निकेश मगरले २ गोल गरेका थिए भने दोस्रो हाफको २५ औं मिनेटमा आशिष राईले थप एक गोल गरेका थिए । यो खेलको म्यान अफ दि म्याच विष्णुका सुराग श्रेष्ठ घोषित भए ।

यसैगरी, दिलकुमार प्लेट च्याम्पियनसिपतर्फ भने सडन डेथमा लोटस विद्या विहारले इङ्लिस बोर्डिङ स्कुललाई हरायो । निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुवै तर्फका ५ जना खेलाडीले प्रहार गर्दा बराबरी भएपछि खेल सडन डेथको आधारमा निर्णय भएको हो ।
टाइब्रेकरमा लोटकातर्फबाट टुसन लिम्बू, रोश लिम्बूले गोल गरेका थिए भने सृर्जनाकातर्फबाट दिपेश गुरुङ र कुकुहाङ केरुङले गोल गरे । सडन डेथमा लोटसका लागि सञ्जय रानाले निर्णायक गोल गरे । सृर्जनाको लागि सडन डेथमा तीर्थ बस्नेतको प्रहार असफल भएको थियो । त्यसअघि, टाइब्रेकरमा लोटसका कृष्ण थापा, नविन लिम्बू, विकेस राई, लेसन राई र सञ्जय लिम्बूको प्रहार खेर गएको थियो । यस्तै, सृर्जनाका उत्तम राई, सोनम गुरुङ, सुदिन तामाङ, विवेक गुरुङ र असिम खड्गीको प्रहार असफल भएको थियो ।
ललित अम्बर डिपो कपमा मंगलबारदेखि सेमीफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमीफाइनल खेल नवोदय विद्यामन्दिर र होलिल्याण्ड इन्टरनेशनल स्कुलबीच हुनेछ भने प्लेट च्याम्पियनसिपतर्फ आयोजक डिपो र भिक्टोरी रसिडेन्सियलबीच हुनेछ ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे