शहीद दिवसको अवसरमा दिप प्रज्वलन


धरान । नेपाल बिद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार इकाइ समितिले बिहिबार साँझ शहीद दिवसको अवसरमा धरानको बिजयपुर चोकमा दिप प्रज्वलन गरेको छ ।
बेलुका ६ बजे भएको कार्यक्रममा २०४६ सालमा शहादत प्राप्त गरेका स्थानीय शहीद शुशिल कट्टेलको बुवा छबीलाल कट्टेल र आमा इन्दिरा कट्टेललाई सम्मान गरिएको थियो । सो कार्यक्रमका प्रमुख आतिथी एवं नेपाली कांग्रेस सुनसरी जिल्ला सहसचिब बिकास आचार्यले शहीदका अभिभावकद्धयलाई खदा ओढाएर सम्मान गरेका थिए । सो अवसरमा बोल्दै सहसचिव आचार्यले शहीदहरुको बलिदानलाई सम्मान गर्दै लोकतान्त्रिक संबिधान निर्माणतर्फ राजनीतिक दलहरु अग्रसर हुनुर्पे बताए ।
संबिधानसभा मार्फत निर्माण हुने संबिधान नै सही अर्थमा शहिद प्रति श्रद्धा हुने धारणा कार्यक्रमका बिशेष अतिथि एवं नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का कार्यवाहक सभापति सुरेशमान श्रेष्ठले व्यक्त गरेका थिए । उनले शहीद शब्द सस्तो भएको प्रति असन्तोष व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनमा शहीदहरुको भूमिकाको चर्चा गरेका थिए । नेबिसंघका नेता सागर प्रसाइले बिद्यार्थी आन्दोलनका क्रममा शहिद भएका सबैलाई सम्झना गर्दै सम्पूर्ण शहीदहरु प्रति श्रद्धा सुमन अर्पण गरेका थिए । नेबिसंघ हात्तीसार इकाइका कार्यवाहक सभापति राजेश राईको सभापतित्वमा सम्पन्न भएको सिो कार्यक्रममा वडा नं १४ की कांग्रेस सभापति सिता पौडेल, वडा नं १६ का कांग्रेस सभापति गोविन्द बस्नेत, क्षेत्रिय प्रतिनिधि मुरारी भट्टराई, अलिम अन्सारी लगायतले पनि बोलेका थिए । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे