मगर जातिको सार ल्हेस ०७०(फोटोफिचर)


धरान । मगर समुदायले बुधबार माघे संक्रान्तिलाई धुमधामका साथ मनाएका छन् । पूर्वका मगरहरुले माघे संक्रान्तिलाई सार ल्हेस अर्थात नयाँ फूल बर्षकोरुपमा मनाउने गर्छन् ।
नयाँ बर्षको शुरुवातको अवसरमा धरान १० सैनिक भवनमा भव्यरुपमा साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो । मगर संघ धरान नगर कमिटिका अध्यक्ष चित्रराज थापा मगरको अध्यक्षता एवं खम्बुवान राष्टिय पार्टीका अध्यक्ष तथा संविधानसभाका सभासद आर.के.खम्बुको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको थियो । उद्घाटन समारोह पश्चात साँस्कृतिक कार्यक्रम राती अबेरसम्म भएको थियो ।
कलाकारहरुले दोहोरी गीत प्रस्तुत गर्दा साँस्कृतिक परिहनमा सजिएका मगर युवायुवती र बुढापाकाहरु कम्मर मर्काउदै नाचेका थिए । विभिन्न जातीय संघसंस्थाका कलाकाहरुले पनि जातीय नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा डा.विमल मगरको डा. विमल मगरको स्वरमा रेकर्ड भएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे