पाँचौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता धरानमा हुने

धरान । पाँचौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता फागुन तेस्रो साता धरानमा हुने भएको छ ।
राष्टिय बहिरा क्रिकेट संघले शनिबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गतेदेखि २५ गतेसम्म प्रतियोगिता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मैदानमा हुने जानकारी दिएको हो । पाँच दिने प्रतियोगितामा देशभरका ८ वटा टिमले सहभागीता जनाउने संघका केन्द्रीय अध्यक्ष सरयुप्रसाद सेरचनले जानकारी दिए । उनका अनुसार प्रतियोगिता टि ट्वान्टी(२० ओभर)को आधारमा हुने भएपनि कुनै समस्या भए त्यो भन्दा पनि कम ओभरमा खेलाउन सकिनेछ । ‘पाँचौं राष्टिय बहिरा क्रिकेट प्रतियोगितामा धरानमा गर्दैछौं, यहाँ ८ वटा टिमले भाग लिनेछन्’–उनले भने । संघका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरीका साथै काठमाण्डौंका दुई टिम हुनेछ भने भैरवहा, धनुषा र पोखराको टिमले पनि प्रतियोगितामा सहभागी हुनेछ ।

प्रतियोगिता आयोजना गर्न अध्यक्ष सेरचन संयोजक रहेको एघार सदस्यीय मूल आयोजक कमिटी र विभिन्न उपसमिति समेत गठन गरेर तयारी शुरु भइसकेको संघले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजारसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद २० हजारसहित ट्रफी हात पार्नेछ । यस्तै, प्रतियोगिताको तेस्रो टिमले नगद १० हजार पाउनेछ । धरानमा हुने प्रतियोगिताको व्यावस्थापन भने सुनसरी बहिरा क्रिकेट संघले गर्नेछ ।
प्रतियोगितामा सहभागी सबै टिमका उत्कृष्ट खेलाडीहरुको पहिचान गरी छनौट गरेर राष्ट्रिय टिम तयार पारिने संघका कोषाध्यक्ष नवराज भटराईले बताए । ‘प्रतिभावान खेलाडी छानेर राष्टिय टिम तयार गछौं, त्यो टिमले अक्टोबरमा दुबईमा हुने अन्र्तराष्टिय टि ट्वान्टी विश्वकपमा भाग लिनेछ’–भटराईले भने ।

                                   राज्यले सहयोग नगरेको गुनासो 

राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष सरयुप्रसाद शेरचनले बहिराहरुको क्रिेटको राष्ट्रिय प्रतियोगिताको लागि राज्यले सहयोग नगरेको गुनासो गरेका छन् । धरानमा हुने पाँचौं राष्टिय बहिरा क्रिकेट प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेरचनले सरकारले प्रतियोगितामा हुने खर्च भन्दा न्युन रकम मात्रै सहयोग पाएको बताए ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न ८ लाख ५८ हजार ४ सय ५० रुपैया खर्च हुने अनुमान गरिएको छ । तर, सरकारले भने ३ लाख रुपैया मात्रै उपलब्ध गराउने भएको छ । सरकारबाट पुर्ण सहयोग नपाएपछि थप बजेटको लागि विभिन्न सघसंस्थाहरुबाट सहयोग जुटाउने लागि पर्ने अध्यक्ष शेरचनले बताए । ‘अरु राष्ट्रिय प्रतियोगिताको लागि राज्यले करोडौं खर्च गर्छ, तर बहिराहरुको राष्ट्रिय प्रतियोगिताको लागि ३ लाख मात्रै दिने निर्णय गर्यो’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे