नेवा च्यारिटी 8k रनमा ललित र मिरा प्रथम

यसैगरि, महिलातर्फ भोजपुर सानो दुम्माकी मिरा राईले ३५ मिनेट २२ सेकेण्डमा दौड पुरा गर्दै प्रथम भइन् । काठमाण्डौंकी नारायणदेवी सिंह दोस्रो र धरानकी सुष्मा राई तेस्रो भइन् । प्रथम, दोस्रो र तेस्रो हुने पुरुष तथा महिला खेलाडीहरुले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारसहित मेडल, प्रमाणपत्र हात पारे । प्रतियोगितामा भेट्रान पुरुषतर्फको स्पर्धामा धर्म मर्हजन, भिमबहादुर गुरुङ र चर्चित धावक वैकुण्ठ मानन्धर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ रिता राई, दुर्गादेवी राई र निना श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् ।

विजेताहरुलाई संस्थापक अध्यक्ष राई, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी ज्ञानबिक्रम शाह, बिशेष अतिथि एवं एसियन च्याम्पियनसिपकी पदक विजेता विमला तामाङ, चर्चित धावक बैकुण्ठ मानन्धर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङ, रेडक्रसका जिल्ला सभापति उमेश थापा, नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद खवितडालगायतले पुरस्कार विरतण गरेका थिए । आयोजकले चर्चित धावक बैकुण्ठ मानन्धर र एसियन च्याम्पियनसिपकी पदकधारी खेलाडी विमला तामाङलाई सम्मानपत्रद्धारा सम्मानसमेत गरेको थियो ।
एचआइभी संक्रमित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले दौड आयोजना गरिएको हो । भानुचौकदेखि शुरु भएको ८ किलोमिटर दुरीको दौडमा एक हजार २ सय ५० जनाले भाग लिएको आयोजकले जनाएको छ । विगत तीन बर्षदेखि नेवा च्यारिटी र धरान रनले हरेक बर्ष अशक्त, असाहय व्यक्ति एवं त्यस क्षेत्रमा काम गर्ने संस्थाको सहयोगार्थ यो दौड गर्दै आइरहेको छ । प्रतियोगितामा सहभागीहरुले दर्ता वापत बुझाउने सम्पुर्ण रकम संक्रमित बालबालिकाको सहयोगार्थ धरान पोजेटिभ समुहलाई दिइने संस्थापक अध्यक्ष सन्तोष राईले बताए । प्रतियोगितामा सहभागी हुने धरान रनका नियमित सदस्यले २ सय रुपैय र अन्य प्रतियोगीले २ सय ५० रुपैया बुझाएका छन् ।
Comments
Post a Comment