बीपीमा स्वाइन फ्लुको बिशेष उपचार व्यवस्था


धरान । छिमेकी मुलुक भारतमा स्वाइन फ्लु महामारीकोरुपमा फैलिएपछि यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्तकता अपनाउदै उपचारको बिशेष व्यवस्था गरेको छ । प्रतिष्ठानले आकस्मिक कक्षमा स्वाइन फ्लुको लक्षण देखिने विरामीको लागि छुट्टै डेस्क राखेको छ भने ट्रपिकल वार्डअन्र्तगतको भवनमा पनि ४ शैयाको वार्ड सञ्चालनमा ल्याएको छ ।
अहिलेसम्म भने स्वाइन फ्लुको लक्षण देखिने कोही पनि विरामी भने नआएको अस्पतालले जनाएको छ । ‘छिमेकी मुलुकमा प्रकोपकोरुपमा देखा परेकोले हामीले पनि उपचारको बिशेष व्यवस्था गरेका छौं’–अस्पताल निर्देशक डा.अरविन्द कुमार सिन्हाले भने–‘इर्मेजेन्सीमा नै छुट्टै डेस्क छ, त्यहाँ शंकास्पद देखिएका विरामीलाई आइसोलेसनमा राखिन्छ र लक्षण देखिएमा ट्रपिकल वार्डमा पनि लैजाने व्यवस्था छ ।’
शंकास्पद विरामीलाई ट्रपिकल वार्डमा व्यवस्था गरिएको छुट्टै कक्षमा हरदम एक जना सिनियर कन्सल्टेण्ट चिकित्सकको निगरानीमा उपचार हुनेछ । भारतसँगै नेपालमै पनि स्वाइन फ्लुका संक्रमित विरामी भेटिएपछि पूर्वको प्रमुख स्वास्थ्य संस्थानले सर्तकता अपनाएको हो । नेपालमा राजधानी र पोखरामा पनि स्वाइन् फ्लुको संक्रमित विरामी भेटिएका् बताइएको छ । गत बर्ष पनि विदेशमा स्वाइन फ्लुको प्रकोप बढेपछि प्रतिष्ठानले यस्तै व्यवस्था गरेको थियो । तर, मौसमीरुपमा आउने महामारी कम हुदै गएपछि यो वार्ड सञ्चालनमा थिएन ।
भारतमा पछिल्लो दुई महिनामा आठ सय बढीको ज्यान गइसकेको छ भने एघार हजार बढी विरामी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि संक्रमण देखिएपछि सरकारले जोखिमयुक्त नाकाहरुमा हेल्थ डेस्क राख्ने र ती क्षेत्रका अस्पतालहरुमा छुट्टै विरामी राख्ने आइसोलेशन वार्डको व्यवस्था गर्न निर्देशन दिइसकेको छ ।
मौसमी इन्फ्लुएन्जा ए नामक भइरसको कारण यो रोग फैलिरहेको हो । मौसमी रुघाखोकीकारुपमा देखिने भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने र निमोनिया गराएर ज्यानै लिने चिकित्सकहरुको भनाई छ । यसको रोकथामको लागि खोक्दा, हाच्छिउ गर्दा रुमालले मुख छोप्ने, साबुनपानीले बारम्बार हात धुने, संक्रमित व्यक्तिसँग कम्तीमा दुई हात टाढै रहने र रोगीलाई वेग्लै राख्ने गर्नुपर्छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे