छैठौं मिस्टर पूर्वाञ्चल चैत दोस्रो साता

पाँचौ मिस्टर पूर्वाञ्चलको उपाधि विजेता पारस भुजेल ।
धरान । छैठौं मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरीक सुगठन प्रतियोगिता आगामी चैतको दोस्रो साता धरानमा आयोजना हुने भएको छ । प्रतियोगिता धरान ८ स्थित सभागृहमा चैत १३ र १४ गते हुने आयोजक धरान १५ स्थित एलाइनेट जिमले जानकारी दिएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन चैत १४ गते मात्रै हुने फाइनलमा स्पर्धा हुनेछ ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो दिनको प्रि जजिङ राउण्डमा एक समुहबाट ५ जना मात्रै खेलाडीहरु फाइनलको लागि छानिनेछन् । फाइनल प्रतियोगितामा भने प्रत्येक तौल समुहमा पुनः स्पर्धा गराई प्रथम हुने खेलाडीले मात्रै मुख्य उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्न पाउने संयोजक बिक्रम लिम्बूले जानकारी दिए । ‘ओभरअल राउण्डमा जम्मा चार जना खेलाडी मात्रै पुग्छन्, उनीहरुबीच पुनः प्रतिस्पर्धा गराएर प्रथम हुनेलाई मिस्टर पूर्वाञ्चल घोषणा गर्नेछौं’–संयोजक लिम्बूले भने ।
आयोजकका अनुसार प्रथम हुने खेलाडीले छैठौं मिस्टर पूर्वाञ्चलको उपाधिसहित नगद ५० हजार, ट्रफी र मेडल दिइनेछ भने दोस्रो हुनेलाई नगद २५ हजार, तेस्रोलाई नगद १५ हजार र चौथो हुनेलाई नगद १० हजार, मेडल प्रदान गरिनेछ । यस्तै, प्रतियोगितामा वेष्ट पोजर हुने खेलाडीलाई नगद ५ हजार दिइने संयोजक लिम्बूले बताइन् । यसअघि भएको पाँचौं सँस्करणको उपाधि धरान ११ का पारस भुजेलले जिेतका थिए । कुल ५ लाख नगद खर्च हुने अनुमान गरिएको प्रतियोगिताको आयोजकले जनाएको छ । प्रतियोगिताले शारीरिक सुगठन खेलको विकासमा योगदान पुर्याउने साथै खेलाडीको आर्थिक अवस्थालाई उकास्न पनि मद्दत पुर्याउने आयोजकको अपेक्षा छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे