बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न फागुन १ र २ गते मिडिया कप


धरान । फागुनमा आयोजना हुन लागेको १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको प्रर्वद्धन गर्ने उद्देश्यले फागुन पहिलो साता दोस्रो मिडिया फ्रेण्डसिप कप ०७१ हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै बुढासुब्बा रेडबुल हुनुअघि प्रर्वद्धन गर्ने उद्देश्यले फागुन १ र २ गते मिडिया कप गर्ने जानकारी दिएको हो ।
बुढासुब्बा प्रतियोगिताको प्रचारप्रसार एवं प्रर्वद्धन गर्ने उद्देश्यले धरान फुटबल क्लबले गत संस्करणदेखि मिडिया कप शुरु गरेको हो । मिडिया कपको दोस्रो सँस्करणको आयोजक भने धरान मिडिया स्पोटिङ क्लब रहेको छ भने धरान फुटबल क्लब व्यावस्थापक रहने जनाएको छ । ‘बुढासुब्बा रेडबुल प्रतियोगिता क्लबको मात्रै होइन, सबै धरानबासी, संघसंस्थाको हो । त्यसैले अपनत्व बढाउछ भनेर यसपटक आयोजनाको जिम्मेवारी मिडिया स्पोर्टिङलाई दिएका हौं । अर्को पटक कुनै अर्को संस्थाले आयोजना गर्नसक्छ’–एन्फा केन्द्रीय उपाध्यक्ष एवं धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले भने ।
मिडिया फ्रेण्डसिप कपमा धरान मिडिया, धरान बैंकर्स, प्याब्सन–एनप्याब्सन र सुनसरी जिल्ला खेलकुद विकास समितिको टिम सहभागी हुने आयोजकले जनाएको छ । बीपी प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल धरान मिडिया र धरान बैंकर्सबीच हुनेछ भने दोस्रो खेल प्याब्सन–एन प्याब्सन र सुनसरी जिल्ला खेलकुद विकास समितिको टोलीबीच हुनेछ । विजेता टिमले फागुन २ गते फाइनल खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले नगद १० हजार, ट्रफी पाउनेछ भने उपविजेताले नगद ५ हजार पाउनेछ । यसैगरि, प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाइ स्कोर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर,उत्कृष्ट स्ट्राइकरको पुरस्कार पनि दिइने आयोजक धरान मिडिया स्पोर्टिङ क्लबका सचिव विकास राईले बताए ।
मुख्य प्रतियोगिता बुढासुब्बा रेडबुलको १७ औं सँस्करण भने फागुन ७ देखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगिताबारे आयोजक क्लबले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । उक्त प्रतियोगितामा १० वटा टिम सहभागी हुदैछन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे