सडक उत्सवमा सुचनाको हकसम्बन्धी डेस्क


धरान । सूचनाको हक सम्बन्धमा सचेतना एबम बिबिध कार्यक्रम गर्दै आएको आरटिआइसी सुनसरीले तीन दिने ११ औं धरान सडक उत्सवमा पनि सूचनाको हक प्रबर्धन गरेको छ । माघ २४ देखी २६ गतेसम्म आयोजना भएको सडक उत्सवमा सुचनाको हक सम्बन्धी सहयोग एवं प्रचार डेस्क राखेर सूचनामा अधिकार संजाल (आरटिआईसी) सुनसरीले सूचनाको हकलाई आम जनतामाझ प्रर्वद्धन गरेको हो । डेस्कमा सूचनाको हक सम्बन्धी हाते पुस्तिका बितरण गरिएको थियो भने स्टलमा आउने नागरिकहरुलाई सूचना माग्न कसरी निबेदन लेख्ने भनेर सिकाइएको संजालले जनाएको छ ।
सूचनाको हक सम्बन्धी सचेतना गीत र अडियो कार्यक्रम भर बजाएर सबैको ध्यान आकर्षित गर्दै स्टलमा आउन र बुझ्न उत्प्रेरित गरिएको आयोजकले जनाएको छ । तीन दिनसम्म आयोजित उत्सवको क्रममा डेस्कबाट करिब पाँच सय जनाले सूचनाको हक सम्बन्धमा सम्पुर्ण जानकारी लिएको आरटीआईसी सुनसरीका अध्यक्ष बिकास आचार्यले बताए । उनका अनुसार उत्सवमा आएका हजारौं नागरिकले निक्कै उत्सुकतापुर्वक सूचनाको हक बारे बुझेका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे