चौथो नेबि कप बिहिबारदेखि


धरान । चौथो सामुराई जापानिज ल्यांग्वेज धरान इन्टर कलेज फुटबल टुर्नामेन्ट(नेबि कप) ०७१ माघ २९(बिहिबार) देखि शुरु हुदैछ । आयोजक नेवि स्पोर्टस् युनियनले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको जनाएको छ । आयोजकका अनुसार फागुन १० गतेसम्म हुने प्रतियोगिता धरान १६ स्थित भगवती निमाविको खेल मैदानमा सञ्चालन हुनेछ ।
०६६ देखि शुरु भएको प्रतियोगिताको चौथो सँस्करणमा भने काठमाण्डौंस्थित सामुराई जापानिज ल्यांग्वेजले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता ०६७ र ०६८ सालमा भने आयोजना हुन सकेको थिएन । प्रतियोगितामा धरान क्षेत्रका विभिन्न २५ वटा कलेज तथा उच्चमाविहरुले सहभागीता जनाउने आयोजक संस्थाका अध्यक्ष दिपक थापा मगरले जानकारी दिए । ‘यो प्रतियोगिता धरानको एक मात्रै ठुलो कलेजस्तरीय फुटबल प्रतियोगिता हो । यसलाई विगतको भन्दा भव्य बनाउन सबै तयारी पुरा भइसकेको छ’–अध्यक्ष थापाले भने ।
आयोजकका अनुसार पहिलो नेबि कपको विजेता तथा दोस्रो संस्करणको उपविजेता धरान उच्चमावि, पहिलो नेविकपको उपविजेता महेन्द्र बहुमुखी क्याम्पस, दोस्रो संस्करणको विजेता तथा तेस्रो नेविकपको उपविजेता विरेन्द्र मेमोरियल कलेज, तेस्रो संस्करणको विजेता धरान सिटी कलेज, एल्पाइन कलेज, पूर्वाञ्चल कलेजले प्रतियोगितामा भाग लिदैछ । यसैगरि, सुनसरी टेक्निकल कलेज, नाष्ट कलेज, डिपोट उमावि, समिट उमावि, आर्दश कलेज चतरा, धरान उमावि(साइन्स ब्लक), विजयपुर उमावि, धरान मोडल कलेज, हात्तिसार कलेज, धरान मल्टिपल कलेज, निकेतन उमावि, नवोदय विद्या मन्दिरले पनि सहभागीता जनाउने आयोजकको भनाई छ । यस्तै, धरान उमावि(म्यानेजमेन्ट), नेशनल मल्टिपल कलेज, एम्स एकेडेमी, धरान आदर्श, सगरमाथा कलेज, नेशनल एकेडेमी र पब्लिक कलेजले पनि प्रतियोगितामा भाग लिनेछ ।
प्रतियोगिताको विजेताले नगद २० हजार २ सय २० रुपैया, मेडल र ट्रफी हात पार्नेछ भने उपविजेताले १० हजार १ सय १० रुपैया हात पार्नेछ । प्रथम पुरस्कारको नगदसँगै ३ वटा वल मुख्य प्रायोजकले उपलब्ध गराएको हो भने दोस्रो पुरस्कार राशी धरान ५ स्थित मिक कम्प्युटर प्रालिका सञ्चालक राजकुमार थोप्रोले प्रायोजन गरेको अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट स्ट्राइकर, वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्ड, फेयर प्ले टिमको व्यक्तिगत पुरस्कार पनि दिइने उनले बताए । प्रत्येक खेलमा म्यान अफ दि म्याच पनि दिइनेछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे