जनतालाई सास्ती, होटललाई भने उद्योगबाटै ग्याँस

धरान । सर्वसाधारण जनताले खाना पकाउने एलपी ग्यासको एउटा सिलिण्डर दुई महिनासम्म पनि नपाएर हैरान छन् । ग्याँस उद्योगहरुले भने सर्वसाधारण जनतालाई सहजरुपमा ग्याँस उपलब्ध नगराई सोझै होटल व्यावसायीहरुलाई ठुलो संख्यामा ग्याँस बिक्री गर्ने गरेको तथ्य फेला परेको छ ।
सोमबार दिउँसो धरानको भानुचौकस्थित धरान किचन रेष्टुरेष्टमा एकै पटक ३२ वटा ग्याँस सिलिण्डर आइपुग्दा सर्वसाधारणमा खैलबैला मच्चियो । होटल सञ्चालक कृष्ण पाठकले ती ग्याँस विराटनगरस्थित कोशी ग्याँस उद्योगबाट खरीद गरि सिधै ल्याएका हुन् । उनले ल्याएका ग्यास सिलिण्डर केही सिल गरिएको थियो भने केही सिल खोलिएको अवस्थामा थियो । सिल खोलिए पनि ती ग्यासका सिलिण्डर भने ग्याँस भरिएको अवस्थामा थियो । यो घटनाले ग्याँसको कृत्रिम अभाव सृर्जना गर्न र कलोबजारीमा उद्योगहरु नै संलग्न रहेको पुष्टि भएको भन्दै सर्वसाधारणहरु आक्रोशित भएका थिए । ‘जनताले एउटा सिलिण्डर नपाएर खाना पकाउन पाएको छैन, होटललाई भने यतिको ग्यास दिइदो रहेछ । यो त सिधै कलोबजारी भयो नि’–होटलमा ग्याँस सिलिण्डर झार्दै गर्दा एक उपभोक्ताले भने–‘सरकार, प्रशासनले किन लाचार बनेको ?’

एक ग्याँस बिक्रेताका अनुसार उद्योग आपैmले भने उपभोक्तालाई ग्याँस बिक्रीवितरण गर्न नपाउने प्रावधान छ । ‘उद्योग आफैले उपभोक्तालाई ग्याँस बिक्री गर्न पाउदैन, उपभोक्तालाई बिक्री गर्ने अधिकार डिलरहरुलाई मात्रै छ’–ती ग्यास बिक्रेताले भने ।
Comments
Post a Comment