बीपीमा ६० बर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट


धरान । ज्येष्ठ नागरिकलाई सुलभ तरिकाले उपचार एवं स्वास्थ्य सेवा प्रदान गर्ने नेपाल सरकारको उद्देश्य वमोजिम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट दिन थालेको छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको ज्येरियट्रिक वार्ड स्थापना एवं सञ्चालन निर्देशिका ०७० वमोजिम प्रतिष्ठानले तीन दिनअघि(आइतबार)देखि ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिन शुरु गरेको हो ।
निर्देशिका अनुसार नेपालका विभिन्न ७ अस्पतालहरुमा ज्येरियट्रिक वार्ड सञ्चालन गरिनेछ । ती मध्ये पूर्वाञ्चलमा एक मात्र धरानस्थित बीपी प्रतिष्ठान तोकिएको छ । यसबाहेक पाटन अस्पताल, भरतपुर अस्पताल, आयुर्वेद शिक्षण अस्पताल, धनगढीस्थित सेती अञ्चल अस्पताल, नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रहेको निर्देशिकामा उल्लेख छ । निर्देशिकाले ज्येष्ठ नागरिकलाई वहिरंग सेवा प्रदान गर्दा उच्च प्राथमिकता दिनुपर्ने जनाएको छ । अस्पतालले विरामीलाई छुट दिएको सेवा शुल्कको रकम मन्त्रालयबाट सम्बन्धित अस्पतालले सोध भर्ना पाउनेछ ।
निर्देशिकामा ज्येष्ठ नागरिकहरुलाई छुट्टै ज्येरियट्रिक वार्ड स्थापना गर्नुपर्ने उल्लेख भएपनि हाल बीपी प्रतिष्ठानमा मेडिशिन वार्ड युनिट ३ मा ५ वेड र सर्जरी वार्ड युनिट ३ मा ५ वेडसहितको वार्डको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । भविष्यमा स्तरोन्नति गर्दै निर्देशिका वमोजिम ज्येष्ठ नागरिकहरुलाई छुट्टै जेरियट्रिक वार्ड सञ्चालन गर्ने अस्पताल दिर्नेशक डा.अरविन्द सिन्हाले बताए । ‘सरकारले जारी गरेको निर्देशिका वमोजिम तत्काल ज्येष्ठ नागरिकहरुलाई सुविधा दिन मेडिसिन वार्डमा ५ र सर्जरीमा ५ वेडको व्यवस्था गरेका छौं । भविष्यमा चाडै नै छुट्ै वार्ड स्थापना गर्नेछौं’–अस्पताल निर्देशक डा.सिन्हाले भने–‘लाईनमा धेरै बस्न नपरोस् भनेर छुट्टै काउण्टरको व्यवस्था पनि छ ।’
प्रतिष्ठानको अस्पताल प्रशासनका अनुसार ६० बर्ष माथिका नागरिकहरुलाई अस्पताल आउदा रजिष्ट्रेशनको लागि जिओपिडीअन्र्तगत छुट्टै काउण्टरमा रजिष्ट्रेशनको व्यवस्था छ । रजिष्ट्रेशन गर्दा नेपाली नागरिक भएको र उमेर खुल्ने नागरिकता वा अन्य परिचयपत्र र त्यसको फोटोकपी पेश गरेमा रजिष्ट्रेशन गर्दादेखि नै विरामीले ५० प्रतिशत छुट पाउनेछन् । यस्तै, विरामीको विभिन्न परीक्षण, वार्ड भर्ना, शल्यक्रिया शुल्क तथा अन्य अस्पताल सेवा प्राप्त गर्दा तोकिएको सेवा शुल्कमा पनि ५० प्रतिशत छुट दिइने प्रतिष्ठानले जनाएको छ । तर, निर्देशिकाले भनेअनुसार फिजियोथेरापीसँग सम्बन्धित अस्पताल बाहिरबाट खरीद गरि ल्याउनुपर्ने सामानहरु, आइसियु, सिसियु, सिटिस्कान, एमआरआईलगायत सेवामा भने छुट नदिइने प्रतिष्ठानले जनाएको छ । ‘निर्देशिकाले नै छुट नदिने भनेका सेवा तथा सुविधाहरु पनि छन्, ती बाहेकका सबै सेवामा भने छुट दिइनेछ’–प्रतिष्ठानका मेडिकल रेडर्क इञ्चार्ज सुनिल पराजुलीले भने ।
निर्देशिकालाई प्रभावकारीरुपमा कार्यान्वयन एवं अनुगमन गर्न केन्द्रीयस्तरमा जनसंख्या मशाखा प्रमुख संयोजक रहनेगरि एक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा समन्वय समितिको व्यवस्था गरेको छ भने स्थानीयस्तरमा अनुगमन गर्न सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख संयोजक रहने गरि एक अनुगमन समितिको व्यवस्था गरेको छ ।
..................

                        आइसियु/सिसियुमा वेड विस्तार गरिदै

पूर्वाञ्चलको रेफरल सेन्टरकोरुपमा विकास भएको बीपी प्रतिष्ठानमा विरामीको चापलाई ध्यान दिदै आइसियु र सिसियुको क्षमता विस्तार गरिदैछ । अस्पताल प्रशासनका अनुसार आइसियु, सिसियुको लागि छुट्टै भवन बनाउने तयारी भइरहेको छ । उक्त भवनमा ३३ वेडको आइसियु, सिसियु कक्ष बन्नेछ ।
यसैगरि, प्रतिष्ठानको सघन उपचार कक्षमा थप १० वटा भेन्टिलेटर थप्ने प्रक्रिया पनि शुरु भइसकेको अस्पताल निर्देशक डा.सिन्हाले बताए । ‘तत्काल ३३ वेडको आइसियु, सिसियुको छुट्टै भवन बन्छ । १० वटा भेन्टिलेटर राख्नकोलागि टेण्डर प्रक्रिया अघि बढीसकेको छ’–उनले भने–‘सेवा विस्तार गर्दा विरामीहरुले सस्तोमा नै यही सेवा पाउछन्, अन्यत्र महंगोमा भौतारिनु पदैन ।’
अस्पताल प्रशासनका अनुसार हाल प्रतिष्ठानमा ११ वेडको आइसियु र ४ वेडको सिसियु कक्ष छ भने बच्चाको एनआइसियु र पिआइसियु तथा गाइनोको एमआइसियु गरि १७ वेड छ । यस्तै, हाल १६ वटा मात्रै भेन्टिलेटर उपलब्ध छ । क्षमता कम भएकै कारण प्रतिष्ठानबाट दैनिक ५ देखि १० जना विरामीलाई बाहिर रिफर गरिरहनुपरेको अस्पताल प्रशासनको भनाई छ । आइसियु, सिसियुसँगै भेन्टिलेटर पनि थपिएपछि विरामीहरुले धेरै राहत पाउने निर्देशक सिन्हाले बताए । ‘बीपीमा २५ सयमा आइसियु वेड पाइन्छ, बाहिर जानुपर्यो भने ८ देखि १० हजार रुपैया पर्छ । अब यही पर्याप्त बेड भयो भने पूर्वाञ्चलबासीलाई धेरै लाभ पुग्छ’–उनले थपे ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे