बुढासुब्बा गोल्डकप प्रर्वद्धन गर्न मिडिया कप, धरान मिडिया र खेलकुद समिति फाइनलमा

प्रतियोगिताको उद्घाटन खेलमा धरान मिडियाले धरान बैंकर्स टिमलाई ३–२ गोलअन्तरले पराजित गर्यो भने खेलकुद समितिले यातायात व्यावसायीको टिमलाई २–० गोलले हराउदै फाइनलमा स्थान पक्का गर्यो । प्रतिस्पर्धात्मक खेलमा धरान मिडियाकोतर्फबाट भोजराज श्रेष्ठले एक गोल गरे भने विकास राईले २ गोल गरेका थिए । बैंकर्सकोतर्फबाट दुवै गोल कृष्ण तामाङले गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच धरान मिडियाका विकास राई घोषित भए । उनलाई एन्फाका केन्द्रीय उपाध्यक्ष किसोर राई र स्काईसपका सञ्चालक सुमन श्रेष्ठले मेडल र उपहार प्रदान गरे ।

दुई दिने प्रर्वद्धनात्मक प्रतियोगिताको आयोजक धरान मिडिया स्पोर्टिङ क्लब हो भने संयोजक धरान फुटबल क्लब हो । मुख्य प्रतियोगिता बुढासुब्बा रेडबुलको १७ औं सँस्करण फागुन ७ देखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ । फाइनल खेल शनिबार बिहान हुने आयोजक क्लबका अध्यक्ष जनकऋर्षि राईले जानकारी दिए ।
खेलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा धरान उपमहानगरका कार्यकारी अधिकृत टिकादत्त राईले खेलले अनुशासन, मित्रताको भावना सृर्जना गर्ने धारणा राखे । प्रतियोगिताअघि स्काईसपका प्रोपाइटर सुमन श्रेष्ठले धरान मिडियालाई जर्सी सेट हस्तान्तरण गरेका थिए । प्रतियोगिताको विजेताले नगद १० हजार, ट्रफी पाउनेछ भने उपविजेताले नगद ५ हजार पाउनेछ । यसैगरि, प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाइ स्कोर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर,उत्कृष्ट स्ट्राइकरको पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।
Comments
Post a Comment