बराहमा चाइनिज सामानको शोरुम


धरान । उपभोक्तालाई सुलभ मुल्यमा विदेशी तथा चाइनिज सामानहरु उपलब्ध गराउने उद्देश्यले बराह इष्डष्ट्रिज प्रालिले धरान ५ स्थित बराह कम्प्लेक्समा बराह चाइना संसार नामको शो रुम सञ्चालनमा ल्याएको छ । इलेक्ट्रोनिक, घरायसी सजावट, किचन र गिफ्ट आइटमहरुको उक्त शो रुमको धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले रिबन काटेर उद्घाटन गरे ।
धरानको बजार महंगो भएको भन्ने आमउपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै चाइना संसार सञ्चालनमा ल्याएको बराहले जनाएको छ । सस्तो बजारको खोजीमा उपभोक्ताहरुलाई धरानबाट बाहिरिनबाट शो रुमले रोक्ने प्रालिको दाबी छ । ‘धरानको व्यापार व्यावसाय खस्कदै गएको छ, धरान महंगो भयो भनेर यहाँका सिमित उपभोक्ताहरु पनि बाहिरिदैछन्’–प्रालिका धरान शाखा प्रमुख मानबहादुर बिकले भने–‘त्यसैले धरान महंगो बजार होइन, यहाँ सस्तोमा राम्रो सामान पाउछ है भनेर उपभोक्तालाई सुविधा दिन चाइना संसार खोलेका हौं ।’
उनका अनुसार चाइना संसारमा न्युनतम १० रुपैयादेखि १८ हजारसम्मका इलेक्ट्रोनिक, घरायसी सजावट, किचन र गिफ्ट आइटमहरु उपभोक्ताले पाउनेछन् । विगतमा चाइनीज सामानहरु धरान आइपुग्न विभिन्न ४ तहमा घुमेर आइपुग्दा महंगो हुने गरेको उल्लेख गर्दै विकले बराहमा भने चीनबाट सामान खरीद गरेर सिधै धरान ल्याउने भएकोले उपभोक्तालाई धेरै सस्तो पर्ने दाबी गरे । ‘हामी चीनको फ्याक्ट्रीबाट सामान किनेर कन्टेनरमा हालेर सिधै धरान ल्याउछौं, यसले उपभोक्तालाई २५ देखि ३० प्रतिशत सस्तो मुल्य पर्छ’–शाखा प्रमुख बिकले भने ।
उद्घाटन समारोहमा बोल्दै कार्यकारी अधिकृत टिकादत्त राईले ग्राहकको चाहना र आवश्यकताको आधारमा व्यापार, व्यावसाय हुनुपर्ने धारणा राख्दै बराहले सेवाग्राही मैत्रीको पहिचान बनाउन सुझाव दिए । साथै उनले बराहको कारण धरान व्यापारीक हवकोरुपमा स्थापित हुनमा मद्दत पुग्ने पनि बताए । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले उपभोक्ताहरुलाई राहत पुर्याउन व्यावसायीहरुले मुल्यमा एकरुपता ल्याउनुपर्नेमा जोडदिए । पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले चाइना संसारले धरानलाई सस्तो एवं शुलभ मुल्यको शहरकोरुपमा वदल्ने र आर्थिक विकासमा महत्वपुर्ण हुने बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे