तीन दिने धरान सडक उत्सव हुने

धरान । ‘घुम्न जाउँ धरान’ भन्ने नाराका साथ यही माघ २४ गतेदेखि ११ औं धरान सडक उत्सव आयोजना हुने भएको छ । पर्यटन प्रर्वद्धन गर्ने मुख्य उद्देश्य रहेको तीन दिने सडक उत्सव होटल एशोसिएशन अफ धरानले आयोजना गर्न लागेको हो ।
एशोशिएसनले आइतबार पत्रकार सम्मेलन गरेर धरान ४ स्थित छाताचौकदेखि धरान १२ चतरालाईनस्थित उपमहानगरपालिका कार्यालयसम्म करिब ५ सय मिटरसम्म उत्सव आयोजना गर्ने जनाएको छ । त्यहाँ विभिन्न प्रकारका सय भन्दा बढी स्टलहरु रहने आयोजकको भनाई छ । ‘धरानको आन्तरिक पर्यटन प्रर्वद्धन गर्न माघ २४ देखि २६ गतेसम्म तीन दिन सडक उत्सव आयोजना गर्ने तयारीमा छांै’–होटल एशोसिएशन अफ धरानका पूर्वअध्यक्ष महेन्द्र प्रधानले भने–‘उत्सवले धरानलाई पर्यटकीय हवकोरुपमा किवास गर्न र स्थानीय उत्पादनलाई बजारीकरण गर्न मद्दत पुग्ने आशा छ ।’
सडक उत्सवमा पर्यटन सुचना केन्द्र राखिने छ । त्यहाँबाट पर्यटकहरुलाई धरान र आसपासको पर्यटकीय गन्तव्यहरुको जानकारी दिएर घुम्न जान प्रोत्साहित गरिने आयोजको भनाई छ । यसैगरि, उत्सवमा आदिवासी जनजातिका परिकारका स्टल, सस्तो बजार, विभिन्न हस्तकलाका सामग्री प्रर्दशनी तथा विविध खेलकुदका कार्यक्रमहरु आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष सुवर्ण श्रेष्ठले बताए । ‘उत्सवले यहाँका होटल व्यवसायलाई मात्रै होइन, सबै प्रकारको व्यापार व्यवसायलाई प्रर्वद्धन गर्न टेवा पु¥याउनेछ’–अध्यक्ष श्रेष्ठले भने । तीन दिने उत्सवमा अढाई लाख बढी आन्तरिक एवं बाह्य पर्यटकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । उत्सवमा विविध सास्कृतिक कार्यक्रम समेत हुनेछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे