राष्ट्रपति शिल्ड फागुन दोस्रो साता

प्रतियोगिताका फाइनल खेलहरु फागुन दोस्रो साता हुने भएपछि जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रको आधारमा माघ २६ गतेदेखि नै छनौट प्रतियोगिताहरु शुरु हुने अध्यक्ष नरेन्द्र चोङबाङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पुरुष तथा महिला भलिवल, एथलेटिक्स, उसु, कराते र तेक्वान्दो विधाका खेलाहरु हुनेछन् । एथलेटिक्समा छात्र र छात्रा दुवैतर्फ ट्याक १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर एवं रिले दौड हुनेछ भने फिल्डतर्फ हाईजम्प, लङजम्प, ट्रिपलजम्पलगायत हुनेछन् ।
प्रतियोगितामा हुने खेलहरुमध्ये उसु, तेक्वान्दो र सितेरियो करातेको क्षेत्रगत छनौट नभई सिधै जिल्ला छनौट हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने विद्यालयले सिल्डसहित नगद १५ हजार, दोस्रो हुनेले नगद १२ हजार र तेस्रो हुनेले नगद ९ हजार रुपैया पाउने अध्यक्ष चोङवाङले जानकरी दिए ।
Comments
Post a Comment