धरानमा वास्किन रोविन्स आइसक्रिमको बिक्री शुरु
धरान । अमेरिकाको विश्वप्रसिद्ध आइसक्रिम वास्किन रोविन्सको धरानस्थित शाखाको शनिबार उद्घाटन भएको छ । धरान १० सैनिक चोकस्थित शाखाको चर्चित कलाकारहरु विल्सन बिक्रम राई, डम्बर नेपाली, कलकार संयम पुरीलगायतले उद्घाटन गरेका हुन् । वास्किन रोविन्सको शाखा यसअघि काठमाण्डौं, पोखरा र पूर्वमा विर्तामोडमा मात्रै खुलेको थियो । यहाँ फुर्वा लामा, थमन गुरुङ र पवन खतिवडाको संयुक्त लगानीमा शाखा सञ्चालनमा आएको हो । युवाहरुका अनुसार करिब ६० लाख रुपैया लगानी भएको छ भने ८ लाख रुपैया कम्पनीमा धरौटी राखिएको छ । बिक्री कक्षमा विभिन्न ३१ फ्लेवरका विश्वप्रसिद्ध आइसक्रिम पाइने सञ्चालकहरुले जनाएका छन् भने सुगर फ्रि आइसक्रिम पनि उपलब्ध हुने सञ्चालक थमनले जानकारी दिए ।

Comments
Post a Comment