बुढासुब्बा गोल्डकपमा आयोजक सेमीफाइनल प्रवेश


धरान । १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप शनिबारदेखि धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुरु भएको छ । विभिन्न स्कुलका विद्यार्थी, खेलाडीहरुको मार्चपाससहित भव्यरुपमा शुरु भएको प्रतियोगिताको उद्घाटन सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईले गरेका थिए ।

फागनु २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले लिस्नु क्लब रुपन्देहीलाई ४–० गोलअन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । अफ्रिकन खेलाडी सेड्रिक आबा, निराजन खड्का, प्रकाश बुढाथोकी र शशी राईले गोल गर्दै आयोजकलाई अन्तिम चारमा स्थान पक्का गराएका थिए । पहिलो हाफको १९ औं मिनेटमा सेड्रिक आबाले पहिलो गोल गरेका थिए भने हाफको १३ औं मिनेटमा निराजन खड्का, २९ औं मिनेटमा प्रकाश बुढाथोकी र ४१ औं मिनेटमा धरानको सिनियर टोलीमा डेब्यु गरेका शशी राईले गोल गरेका थिए ।

निलो जर्सीमा धरान र सेतो जर्सीमा लिस्नु क्लब मैदानमा उत्रिएको थियो । खेलअवधिभर खेलमाथि धरानको पकड रहेको थियो । ए भिडिजन क्लब र नाइजेरियन खेलाडीसहित मैदानमा उत्रिएपनि रुपन्देहीको लिग च्याम्पियन लिस्नुको प्रर्दशन कमजोर रह्यो । खेलअवधिभर केही गोल गर्ने अवसर पाए पनि लिस्नुका खेलाडीहरु गोल गर्न चुकेका थिए । सो खेलको म्यान अफ दि म्याच धरानका प्रकाश बुढाथोकी घोषित भए । उनलाई प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नम्बर १ का सभासद राई र कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी ज्ञानबिक्रम शाहले नगद ५ हजारसहित ट्रफी पुरस्कार दिएका थिए ।

प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लब काठमाण्डौं र पोखरा ११ कास्कीबीच खेल हुने आयोजकले जनाएको छ । फागुन २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारत कलकत्ताको बेलगरिया स्पोर्टिङ क्लबसहित विभिन्न ८ वटा टिमले सहभागीता जनाएको छ । विजेताले नगद ३ लाख ६० हजार र उपविजेताले नगद १ लाख ८० हजार पाउनेछ । उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइनेछ ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे