बुढासुब्बा गोल्डकप सर्यो

धरान । १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता आयोजनाको मिति एक डेढ साता पर सरेको छ । आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १६ देखि २३ गतेसम्म सरेको जनाएको छ । राष्ट्रिय खेलाडीहरु वन्द प्रशिक्षणमा रहने र माफसलमा निरन्तर प्रतियोगिता आयोजना भइरहेको भन्दै क्लबहरुबाटै गुनासो आएपछि गोल्डकपको मिति सार्नुपरेको आयोजक क्लबले जनाएको छ ।
यसअघि फागुन ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने क्लबले जनाएको थियो । ‘यसअघि तय भएको मितिमा राष्ट्रिय खेलाडीहरु बन्द प्रशिक्षणमा रहने भएपछि अन्तिम समयमा मिति सार्न बाध्य भयौं, सबै तयारी भइसकेर पनि राष्ट्रिय खेलाडीहरु विनाको प्रतियोगिता खल्लो हुन्छ भनेर यो निर्णय गर्नुपर्यो’–आयोजक क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले भने । बुढासुब्बा गोल्डकपको १७ औं सँस्करणको मिति ४ महिना अघि नै जानकारी गराएपनि एन्फा नेतृत्वले प्रतिशोध साँधेकाले असर पुगेको अध्यक्ष राईको आरोप थियो ।
आर्थिक अनियमितताको आरोप खेपिरहेका एन्फा अध्यक्ष गणेश थापाको विरुद्ध क्लबका अध्यक्षसमेत रहेका राईले अभियान चलाएपछि एन्फा नेतृत्वले बुढासुब्बा गोल्डकप असफल बनाउने गरि प्रतिशोध साधिरहेको आयोजक क्लबको आरोप छ । ‘फागुन १६ सम्ममा बन्द प्रशिक्षण सकिएर अधिकांश खेलाडी फुकुवा भइसक्छन्, र डेढ महिनादेखि मोफसलको प्रतियोगितामा ब्यस्त टिमहरुले पनि आर  मगर्ने अवसर पाउनेछन्’–उनले भने । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगितामा जम्मा ८ वटा टिम भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी क्लब, मुनाल क्लब चन्द्रगढी झापा, आयोजक धरान फुटबल क्लब, संगम क्लब पोखरा कास्की, लिस्नु क्लब बुटवल रुपन्देही र पहिलो बुढासुब्बा गोल्डकपको विजेता वेल्गरिया स्पोर्टिङ क्लब कलकत्ता सहभागी हुने आयोजकले जनाएको छ । साविक विजेता अफ्रिकन युनाइटेड र उपविजेता सहारा क्लब पोखरासँगै सर्वाधिक चार पटकको विजेता थ्री स्टार क्लब र तीन पटकको विजेता नेपाल पुलिस क्लब यो सँस्करणमा मैदानमा देखिने छैन । २०५५ सालदेखि शुरु भएको मोफसलको प्रतिष्ठित बुढासुब्बा गोल्डकप कुनै पनि बर्ष नरोकिएको प्रतियोगिता हो ।

                                      पुरस्कार राशीमा वृद्धि गरिने


गोल्डकपको १७ औं सँस्करणको मिति सरेको घोषणासँगै पुरस्कार राशी पनि वृद्धि गरिने आयोजकले जनाएको छ । विजेतालाई ४ लाख र उपविजेतालाई २ लाख दिइने क्लबका अध्यक्ष राईले बताए । यसअघिको पत्रकार सम्मेलनमा विजेतालाई ३ लाख ५० हजार र उपविजेतालाई नगद १ लाख ७५ हजार दिइने आयोजकले बताएको थियो । १६ औं सँस्करणमा विजेताले ३ लाख २५ हजार र उपविजेताले १ लाख ६५ हजार ५ सय पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल हात पार्नेछ । यस्तै, उच्च गोलकर्ताले नगद २१ ह्जार पाउनेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले जनही नगद १० हजार पाउनेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार दिइने आयोजकले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे