बीपीमा नवजात शिशु सम्बन्धी तीन दिने अन्र्तराष्ट्रिय सम्मेलन हुदै


धरान । भर्खरै जन्मिएका नवजात शिशुको स्याहार एवं उपचार पद्दतीलाई अझ गुणस्तरीय बनाउन र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न फागुन तेस्रो साता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन दिने अन्र्तराष्ट्रियस्तरको सम्मेलन हुदैछ । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलन प्रतिष्ठानको बालरोग विभागअन्र्तगतको नियोनेटोलोजी डिभिजनले आयोजना गरेको हो ।
फागुन २४, २५ र २६ गते हुने सम्मेलन अमेरिकास्थित द युनिभर्सिटी अफ टेनीसी हेल्थ साइन्स सेन्टरसँगको सहकार्यमा हुन लागेको प्रतिष्ठानले जनाएको छ । नियोनेटोलोजी भिडिजन प्रमुख डाक्टर रुपाराज भण्डारी सिंहका अनुसार अन्र्तराष्ट्रिय सम्मेलनमा टेनीसीबाट करिब १० जना बिशेषज्ञ चिकितसकको टिम सहभागी हुदैछ भने भारत, थाइल्याण्ड,नेपाललगायत मुलुकबाट २५ जनाको टोली रिसर्च पर्सनकोरुपमा सहाभागी हुनेछन् । सम्मेलनले नवजात शिशुको मृत्युदरलाई घटाउन जन्मिएलगत्तै शिशुलाई गर्नुपर्ने स्याहार, विश्वमा विकसित भएको उपचार विधिलगायतबारे कार्यशाला गोष्ठी, प्रस्तुती, अन्र्तक्रिया एवं प्यानल छलफल हुनेछ ।
‘बाल मृत्युदर घटाउन केन्द्रीत हुदा नवजात शिशुलाई भने त्यति ख्लाल गरिएन, जसले गर्दा लक्ष्यअनुरुप शिशुको मृत्युदर घट्न सकेको छैन’–प्रमुख सिंहले भनिन्–‘यो सम्मेलनले नवजात शिशुको हेरचाहलाई गुणस्तरीय बनाउन, मृत्युदर कमगर्न र उपचारमा संलग्न चिकित्सकहरुलाई अन्र्तराष्ट्रियस्तरमा विकसित भएको उपचार पद्दतीबारे जानकारी गराउदै क्षमता विकास गर्न योगदान पुर्याउने आशा लिएका छौं ।’
सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका २ सय ५० जति चिकित्सकहरु सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनकै अवधिमा प्रतिष्ठानले विकास गरेको नवजात शिशु स्याहार पद्दतीलाई जिल्ला, गाउँस्तरमा विस्तार गर्न प्रतिष्ठानलाई प्रशिक्षण केन्द्र बनाउने बिषयमा युनिसेफसँग सम्झौता पनि हुने भण्डारीले बताइन् । बीपीमा नवजात शिशुको लागि नर्सरी, एनआइसियु, पिआइसियु सेवा सञ्चालनमा छ । अस्पताल निर्देशक डा.अरविन्द सिन्हाले सम्मेलन नवजात शिशुको मृत्युदर घटाउन तथा जनशक्तिको क्षमता अभिवृद्धिमा महत्वपुर्ण हुने बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे