ग्याल्पो लोसार म्याराथुनमा रोहित र मनिषा प्रथम
धरान । शेर्पा समुदायको नयाँ बर्ष ग्याल्पो लोसार ०७१ को अवसरमा आयोजित खुला ग्याल्पो लोसार म्याराथुन दौड प्रतियोगितामा १६ बर्षीय रोहित अधिकारी प्रथम भएका छन् । नेपाल शेर्पा विद्यार्थी मञ्च सुनसरीद्धारा मंगलबार आयोजित प्रतियोगिताको निर्धारित दुरी १८ मिनेट ५१ सेकेण्डमा पार गर्दै अधिकारी प्रथम भएका हुन् । यस्तै, सोही दुरी १९ मिनेट १८ सेकेण्डमा पार गर्दै १९ बर्षीय प्रकाश आङदेम्बे दोस्रो भए भने २० मिनेट ७ सेकेण्डमा दुरी पार गर्दै २० बर्षीय सञ्जय राई तेस्रो भए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र हात पारे ।
यसैगरि, प्रतियोगितामा महिलातर्फको स्पर्धामा १६ बर्षीय मनिषा राईले निर्धारित दुरी २५ मिनेट ६ सेकेण्डमा पार गर्दै प्रथम भइन् भने २४ बर्षीय सुष्मा राईले २७ मिनेट २९ सेकेण्डमा पार गर्दै दोस्रो र १७ बर्षीय ममता राईले २९ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । उनीहरुले पनि क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारसहित मेडल, प्रमाणपत्र हात पारे । यस्तै, जुनियर १० देखि १३ बर्ष उमेर समुहतर्फको स्पर्धामा सोनम शेर्पा प्रथम भए भने शसांक माझी दोस्रो, मोरदाङ शेर्पा तेस्रो र मनिला तामाङ, यमुना राईले सान्त्वना पुरस्कार पाए । जुनियरतर्फका विजेताहरुलाई आयोजकले ट्फी, मेडल र प्रमाण पत्र मात्रै दिएको थियो ।

Comments
Post a Comment