होटल सेछमा मिनि संग्रहालय, बार्षिकोत्सवमा स्पिच कम्पिटिशन

धरान । फागुन २१ गते तेस्रो बार्षिकोत्सव मनाउने तयारी गरिरहेको सेछ ट्राभलिङले पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्देश्यले मिस टुरिजमका सहभागीबीच स्पिच कम्पिटिशन आयोजना गर्ने भएको छ । पर्यटनको नाममा भइरहेको सुन्दरी प्रतियोगिताको सहभागीहरुबाट भविष्यमा पर्यटन प्रर्वद्धनमा योगदान पुग्नसक्ने प्रचुर सम्भावना रहेकोले उक्त कार्यक्रम गर्न लागेको जनाएको हो ।
बिहिबार साँझ पत्रकारहरुसँग भेटघाट कार्यक्रम गर्दै सेक्षले धरान ४ स्थित होटल सेक्षमा मिनि संग्रहालय पनि स्थापना गरेको जानकारी गराएको छ । हालससम्म संग्रहालयमा एक सय थरीका ऐतिहासिक, पुरातात्विक वस्तुहरु संकलन गरिसकेको सेक्ष सम्बद्ध पर्यटनकर्मी वासुदेव वरालले जानकारी दिए । ‘पर्यटनको नाममा भइरहेको सुन्दरी प्रतियोगिताका सहभागीहरुलाई पर्यटनबारे के कति जानकारी छ, उनीहरुको त्यही बौद्धिकता नाप्ने अवसर पनि हुन्छ । भविष्यमा पर्यटनकै क्षेत्रमा सक्रिय हुन प्रेरणा पनि मिल्नसक्छ’–वरालले भने–‘होटलमा मिनि संग्रहालय पनि बनाएका छौं, यसले पनि धरान आएका पर्यटकहरुलाई आर्कषित गर्छ भन्ने आशा लिएका छौं ।’
सेक्षका अनुसार मिनि संग्रहालयमा पृथ्वीनाराण शाहका पालाको सिक्का, लिम्बूवानकालको पाथी, कासको सामग्री, विनायो, खैजडी, काठको ठुलो पिरा जस्ता ऐतिहासिक, पुरात्तात्विक महत्वका विभिन्न सामग्रीहरु संकलन गरिएको छ । यसलाई अझै विस्तार गर्दै लैजाने र भविष्यमा छुट्टै संग्रहालय बनाउने योजना रहेको वरालले बताए । विगत तीन बर्षदेखि धरानमा पर्यटक भित्र्याउन सक्रिय रहेको सेक्षले धरान घुम्न आउनेहरुलाई कोसेली स्वरुप तोम्बाको भाडा, खुकुरी जस्ता वस्तुहरु तयार गरिएको प्रबन्ध निर्देशक एलिना मगरले बताइन् । ‘धरान घुम्न आउने पर्यटकहरुले कोसेली लैजान खोज्छन्, अधिकांशले तोम्बामा इच्छा देखाएकोले ताप्लेजुङ्गमा अर्डर दिएका छांै, खुकुरी त हामीसँगै छ’–उनले भनिन् ।
धरानको पर्यटन प्रर्वद्धन हुने गरि सेक्ष होटलका ग्राहकहरुलाई विलसँगै बुढासुब्बा, दन्तकाली मन्दिरको पोष्टकार्ड दिने गरेको पनि मगरले बताइन् । अहिले पुनः धरान र भेडेटाको सुन्दर दृष्य कैद गरेको पोष्टर तयार गरेर कोसेलीस्वरुप दिने गरेको सेक्षले जनाएको छ । नेपालको विभिन्न स्थानहरुमा रहेको होटलको जानकारी दिने गरि एउटा वेभसाइड पनि तयार गर्न लागेको पनि सेक्षले जनाएको छ । तीन बर्षअघि १७ वटा प्याकेज घोषणा गर्दै शुरु भएको सेक्ष ट्राभलिङ्गले यो बर्षदेखि पर्यटनमैत्री होटल पनि सञ्चालनमा ल्याइसकेको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे