हाजिरीजवाफमा सुनाखरी एकेडेमी प्रथम


धरान । विष्णु मेमोरियल उच्चमाविको रजत जयन्ती अवसरमा आयोजित अन्तरस्कुल हाजिरी जवाफ प्रतियोगितामा सुनाखरी एकेडेमी प्रथम भएको छ । शुक्रबार विष्णुमा आयोजित प्रतियोगितामा सुनाखरीका विद्यार्थी असिम सुब्बा र निमन राईको जोडी प्रथम भएको हो । उनीहरुले कुल १ सय ३५ अंक बटुलेका थिए । यसैगरि, प्रतियोगितामा युरेका उच्चमावि कुल १ सय २० अंकसहित दोस्रो भयो । युरेकामा विद्यार्थीद्धय अकृत घिमिरे र इसिका तोडी थिए । यस्तै, प्रतियोगितामा कुल १ सय ५ अंकसहित सुनगाभा बोर्डिङ स्कुल तेस्रो भयो । सुनगाभामा विद्यार्थीहरु राकेश खत्री र जिया सुब्बा थिए ।
प्रथम भएको सुनाखरीले नगद ५ हजार र ट्रफी हात पार्यो भने दोस्रो भएको युरेकाले नगद ३ हजार र तस्रो भएको सुनगाभाले नगद २ हजारसहित ट्रफी पायो । विजेता विद्यालय एवं विद्यार्थीहरुलाई आयोजक विष्णुका प्रिन्सिपल वेनिन्द्र कटवाल, प्रमुख अतिथि एवं प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापा, निर्णायक एवं धरान बहुमुखी क्याम्पसका शिक्षक जीवनकुमार राईले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सुनाखरी, युरेका, सुनगाभा, अरनिको, पिस जोन, पदम मेमोरियल, सनराइज, डिपोटलगायत विभिन्न एक दर्जन विद्यालयहरु सहभागी थिए । तीन चरणमा आयोजित प्रतियोगितामा पहिलो चरणपछि भने ६ वटा विद्यालय मात्रै छनौट भएको थियो । प्रतियोगितामा समापनको क्रममा प्रमुख अतिथि थापा, निर्णायक जीवन राई र युरेकाको तर्फबाट निर्देशक सुदिप यल्मोले पनि मन्तव्य राखेका थिए । आयोजक विद्यालयले रजत जयन्तीको अवसरमा यसअघि मिनि म्याराथुन र वादविवाद प्रतियोगिता सम्पन्न भइसकेको छ भने जेब्रा क्रसिङ निर्माण, सरस्वती वालआश्रम, पुर्नस्थापना गृह र सम्यक शिक्षा समुहलाई पुस्तक हस्तान्रतण पनि गरिसकेको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे