धरान जेसिजको पदस्थापना सम्पन्न


धरान । धरान जेसीजको बर्ष २०१५ को लागि प्रेमराज शाक्यको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित कार्यसमितिको बिहिबार साँझ सैनिक भवनमा आयोजित एक समारोहमा ३९ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

नवनिर्वाचित कार्यसमितिमा सर्वसम्मत पदाधिकारीतर्फ कार्यकारिणी उपाध्यक्षमा ईञ्जिनियर सुरज श्रेष्ठ, रोजिना अधिकारी, जनसम्पर्क अधिकारी विदुर थापा र उपाध्यक्षमा आयुष्मा शाक्य, सुस्मिता खड्का, वेदुका पुलामी, प्रतिक श्रेष्ठ, नवराज श्रेष्ठ रहेका छन् । यस्तै, अध्यक्षले नियुक्ति गर्ने महासचिवमा दिपेन्द्र निरौला, कोषाध्यक्ष अम्वर राई, कानुनी सल्लाहकार सन्दिप शाक्य र सहसचिवमा लोकेन्द्र श्रेष्ठ छन् । मनोनित पदाधिकारीमा दीर्घकालिन परियोजना संयोजक भूपू अध्यक्ष विनोद अग्रवाल, अध्यक्षीय सल्लाहकार भूपू अध्यक्ष मानभगत चाम्लिङ, निवर्तमान अध्यक्ष सुवाषचन्द्र सिंह, तालिम निर्देशक रत्न राई, कोषवृद्घि संयोजक अतुलदीप श्रेष्ठ, भवन निर्माण संयोजक मणिराज अधिकारी, शाखा सम्पादक लक्ष्मी राई, प्रकरण निर्देशक दीपा श्रेष्ठ, जनस्वास्थ्य कार्यक्रम संयोजक पूजा मितल, आईटी संयोजक आशिषराज यादव, रेकर्ड एण्ड रिकग्निसन अफिसर सञ्जु राई रहेका छन् ।
निर्वाचित, मनोनित र नियुक्त पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष शाक्यले सपथग्रहण गराएका थिए । पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नपूर्ण नन्द दासको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा वर्ष २०१४ भरि विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने जेसीज सदस्यहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । सोहि समारोहमा धरान जुनियर जेसीजको वर्ष २०१५ को अध्यक्षको रुपमा सरोज श्रेष्ठलाई वर्ष २०१४ अध्यक्ष अनिल श्रेष्ठले सपथ ग्रहण गराएका थिए । समारोहलाई प्रमुख अतिथी क्षेत्रीय प्रशासक, नेपाल जेसीजका कार्यकारीणि उपाध्यक्ष प्रकाश अधिकारी, धरान जेसीजका भूपू अध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान अध्यक्ष सुवाषचन्द्र सिंह, नवनिर्वाचित अध्यक्ष प्रेमराज शाक्यलगायतले सम्बोधन गरेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे