‘कालो वंगुर’ले जंगिए विल्सन बिक्रम(तक्मे बुढा)


धरान । हाँस्य टेलिसिरियलमा तक्मे बुढाको भुमिकाबाट चर्चा कमाएका विल्सन बिक्रम राईको मावली घर धरान हो । त्यसैले मावली ठाउँको माया र चिन्ता उनलाई हुनु स्वाभाविक हुन्छ । तर, शुक्रबार साँझ भने उनी यही मावली ठाउँप्रतिको चिन्ताले निक्कै आवेशमा आए ।
उनी आवेशमा आउनुको कारण हो, राजधानीतिर धरानलाई कालो बंगुरको शहर भनेर चिनिनु रहेछ । प्रायःजसो ललितपुरको सातदोबाटो क्षेत्रतिर धराने कालोबंगुरको मासु पसल भनेर बोर्ड राखेर चलेका छन् । धरान जस्तो सफा, सुन्दर शहरको परिचय कालो बंगुरको शहर भएकोमा उनले निक्कै गुनासो र आक्रोश पोखे । उनले धरानको परिचय, पहिचान फेर्न सबै जुट्नुपर्ने पनि सुझाए । ‘धरानले दुई दुई जना मिस नेपाल दिइसकेका छन्, अब किन मिस नेपालको शहर भनेर धरानलाई नभन्ने ? जहिल्यै पनि कालो बंगुरको शहर भनेर चिनिने ?’–हजारौं धराने फ्यानहरुमाझ उनले भने ।
विल्सन बिक्रम(तक्मे बुढा)लाई यो सुझाव दिने अवसर भने शनिबारदेखि धरान १०, सैनिक चोकमा सञ्चालनमा आएको प्रसिद्ध अमेरिकी आइसक्रिम वास्किन रोविन्सको धरान शाखाले जुराइदिएको हो । आइसक्रिम बिक्रीको प्रर्वद्धनात्मक कार्यक्रममा विल्सनले मावली ठाउँको पहिचानप्रति चिन्ता मात्रै जनाएनन्, धरानेहरुको बोली व्यवहारको मिमिगिरी गर्दै ब्यङ्ग्य पनि प्रहार गरे, अनि केटाकेटीदेखि बुढापकासम्मलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाए । नेपालमा पहिला फेशन धरानमा भित्रिने भन्दै उनले धराने केटीहरु निक्कै राम्री हुने भन्दै फकाउने प्रयास पनि गरे । उनले आफु अघि स्टेजमा प्रस्तुती दिएर गएका गायक डम्बर नेपालीको गित अन्तिम पटक भेट्न आउ..लाई पनि तिखो ब्यङ्ग्य प्रहार गरे ।
तक्मे बुढाले हसाउनु अघि स्टेजमा युवा गायक डम्बर नेपालीले आधा दर्जन चर्चित गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । जब साँझ पर्छ..बोलको गीतबाट गाउन शुरु गरेका उनले तिम्रो पाउजु बजेर..आजकल के भयो.., अन्तिम पटक भेट्न आउ.., कि जंगे जेलमा कि जंगे रेलमा..र बिग्रेको मान्छे..बोलको गीतले भरपुर मनोरञ्जन दिलाए । अन्तिम प्रस्तुतीकोरुपमा आएको काठमाण्डौंको सायन ब्याण्डले पनि धराने युवा पुस्ताको मन जित्न सफल भयो । मात्रै तीन सदस्यीय उक्त ब्याण्डले तालको पानी.., यो जिन्दगानी..,रगत पसिना.., गुरासै फल्यो..जस्ता नेपाली रक, पप गीतसँगै हिन्दी र अंग्रेजी गीत पनि प्रस्तुत गरेको थियो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे