बौद्ध दाह संस्कारस्थलको विवाद मिलाउन उपमहानगरको पहल
धरान । मानव वस्ती नजिक वन क्षेत्रमा निर्माण गरिएको बौद्ध दाह संस्कारस्थलले दुर्गन्ध फैलाएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि समस्या समाधान गर्न धरान उपमहानगरपालिकाले पहल थालेको छ । सरोकारवाला पक्षसँग छलफल अघिबढाएको उपमहानगरले बुधबार दाह संस्कारस्थलको स्थलगत अवलोकन पनि गर्यो ।
दाहसंस्कारबाट दुर्गन्ध बढाएको, जलिनसकेको मासु, हाडलाई राम्रो व्यवस्थापन नगर्दा कुकुरले घरआगनमा पुर्याएको भन्दै साताअघि धरान ८ का स्थानीयबासीले उपमहानगर, इलाका प्रशासन र वन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । दाह संस्कारस्थलले सहमतिवमोजिम चिम्नी नबनाउदा धुवा, धुलोले स्वास्थ्यमासमेत असर पुगेको भन्दै व्यवस्थापनको लागि ती निकायलाई गुहारेका थिए । लगत्तै दाहसंस्कारस्थल र स्थानीयबासीबीच वार्ता भए पनि आरोप प्रत्यारोप चलेपछि बीचैमा विथोलिएको थियो ।
विवाद चर्कदै गएपछि उपमहानगरपालिकाले मंगलबार दाह संस्कारस्थलको कार्यसमितिलाई बोलाएर छलफल गरेको थियो भने बुधबार कार्यकारी अधिकृत टिकादत्त राई र प्रशासकीय अधिकृतको टोलीले स्थलगत अनुमगनमा गएका हुन् । स्थानीयको समस्या बुझ्न शुक्रबार उपमहानगरमा स्थानीयबासीसँग छलफल गरिने र त्यसपछि दुवै पक्षलाई राखेर द्धिपक्षीय वार्ता गराउने कार्यकारी अधिकृत राईले बताए । ‘दाह संस्कारस्थल व्यवस्थित भएन भन्ने गुनासो आयो । यसको जवाफदेही उपमहानगरपालिका पनि भएकोले समस्या समाधान गर्न पहल थालेका हौं’–अधिकृत राईले भने–‘कुरा उठे जस्तो पुरै अव्यवस्थित नै त देखिएन, तर केही सुधार गर्नुपर्ने पक्ष पनि छन्, त्यसलाई समितिले सुधार गछौं भनेर प्रतिवद्धता पनि जनाइसकेको छ ।’
प्रशासकीय अधिकृत खतिवडाले चर्चामा आएजस्तो मासुको चोक्टा दाहसंस्कारस्थलबाट गएको वा मृत मानिसको भए नभएको जाँच गरेर मात्रै प्रमाणित हुनसक्ने भन्दै मृतकलाई जलाईसकेपछिको खरानीलाई व्यावस्थापन गर्नुपर्ने आवश्यकता देखिएको बताए । ‘मृतक जलाई सकेपछिको खरानीलाई व्यवस्थित गर्नुपर्ने देखिएको छ, दाहसंस्कारस्थल अव्यवस्थित रहेको देखिदैन’–उनले पनि थपे । समितिका कार्यबाहक अध्यक्ष सेतुमान तामाङले शव खरानी नबनेसम्म मृतकका आफन्तजनलाई त्यही बस्नुपर्ने नियम रहेको र खरानीलाई चौकीदारले सफा गर्ने भएकोले हाड, मासुको चोक्टा कुकुरले घर,आँगन पुर्याएको आरोप सत्य नभएको जिकिर गरे । साथै उनले यसअघि नै धुवा, धुलोले वस्तीलाई असर नपुगोस् भनेर चिम्नी बनाउने तयारी गरेपनि फलामे रड चोरी गरेकोले सुरक्षाको समस्या रहेको बताए । ‘चिम्नी बनाउने योजना थियो, तर रातारात फलाम, रड काटेर लगेकोले समस्या भयो । अझै पनि दाता खोजेर चिम्नी बनाउन हामी प्रतिवद्ध नै छौं’–उनले भने ।
धार्मिक वनकोरुपमा दर्ता भएको बौद्ध दाह संस्कारस्थल वस्ती नजिक भएको भन्दै स्थानीयले शुरुवातदेखि नै असन्तुष्टी जनाउदै आएका थिए । शव जलाउदा निस्कने धुवा, धुलो र दुर्गन्धले घरमा बस्न सक्ने अवस्था नभएको स्थानीयको गुनासो छ । त्यस क्षेत्रका हजार परिवार पीडित छन् । मानव वस्तीबाट करिब डेढ सय मिटर दक्षिण वन क्षेत्रमा शव जलाउन तीन वटा चित्ता(वर्निङ प्वाइन्ट) बनाइएको छ । स्थानीयले त्यसलाई आधुनिकीकरण गर्न एवं अन्यत्र सार्न दाहसंस्कार सञ्चालक समितिसँग पटक पटक वार्ता गरे पनि सुनुवाई नभएको गुनासो गर्छन् ।

Comments
Post a Comment