खेलकुद समितिलाई बुढासुब्बा प्रर्वद्धन मिडिया कपको उपाधि


धरान । १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित दोस्रो स्काईसप मिडिया फ्रेण्डसिप कप ०७१ को उपाधि सुनसरी जिल्ला खेलकुद विकास समितिले जितेको छ । धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक धरान मिडिया स्पोर्टिङ क्लबलाई २–१ को झिनो गोलअन्तरले पराजित गर्दै खेलकुद समितिले उपाधि कब्जा गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पारस भुजेल र सतिश केसीले गोल गर्दै खेलकुद समितिलाई जित दिलाए भने धरान मिडियाका भुवन लम्सालले गरेको गोल सान्त्वनामा सिमित भयो । फाइनल खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफमा दुवै टिम गोल गर्न असफल भएको थियो । अघिल्लो दिन धरान मिडियाले धरान बैंकर्सलाई र खेलकुद समितिले यातायात व्यावसायीलाई हराउदै फाइनल पुगेको थियो ।
विजेता टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता टिमले नगद ५ हजारमा चित्त बुझायो । फाइनलका म्यान अफ दि म्याच खेलकुद समितिका पारस भुजेल भए भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी खेलकुद समितिकै विधान लिम्बू घोषित भए । यसैगरि, वेष्ट गोलकिपरमा खेलकुद समितिकै युवराज अधिकारी, वेष्ट डिफेन्समा खेलकुदकै पारस चौधरी, वेष्ट मिडफिल्डरमा धरान मिडियाका विकास राई, वेष्ट स्ट्राइकरमा धरान मिडियाका भोजराज श्रेष्ठ, वेष्ट प्रशिक्षकमा खेलकुदका दिपेश शाक्य घोािष्त भए भने समान २ गोल गरेका मिडियाका विकास राई र बैंकर्सका कृष्ण तामाङले हाई स्कोरको पुरस्कार थापे । सबैलाई मेडल, प्रमाणपत्र र नगद पनि दिइएको थियो ।
विजेता, उपविजेता र उत्कृष्ट घोषित खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष जनकऋर्षि राई, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, बिषेश अतिथि एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राई, क्षेत्रीय फुटबल संघका सदस्य दिपक राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङ, समितिका सचिव भेषराज कार्की, हिसान केन्द्रीय सदस्य गंगा चौलागाई, धरान उच्चमाविका एलपि शाहीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
यही फागुन ७ गतदेखि १६ गतेसम्म हुन लागेको १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने प्रतियोगिता आयोजना गरिएको हो । धरान फुटबल क्लब र नेपाल पत्रकार महासंघको सहकार्यमा मिडिया कप गत बर्षदेखि शुरु भएको हो । आगामी दिनमा फुटबल क्लबलाई सबैको साझा बनाउने लक्ष्य लिएर एक हजार एक सदस्य बनाउने र अन्य संघसंस्थाहरुसँग पनि सहकार्य गर्ने तयारी भइरहेको अध्यक्ष किसोर राईले बताए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे