सिटि कलेजलाई चौथो नेवि कपको उपाधि(फोटोफिचर)


धरान । साविक विजेता धरान सिटि कलेजले चौथो सामुराई जापानिज ल्यांग्वेज धरान इन्टर कलेज फुटबल प्रतियोगिता (नेबि कप) को फाइनलमा च्याम्पियन हुदै उपाधि रक्षा गरेको छ । धरान १६ स्थित भगवती निमाविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारलाई १–० को झिनो गोलअन्तरले हराउदै सिटि कलेजले उपाधि जोगाएको हो ।
फाइनलका म्यान अफ दि म्याच सिटि कलेजका देउमान लिम्बूले पहिलो हाफको २३ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । सेमीफाइनलमा डिपोट उच्चमाविविरुद्ध ४–० को रवाफिलो जित हात पारेको हात्तिसारले फाइनलमा फितलो खेल प्रर्दशन गर्यो । खेल अवधिभर आक्रमक खेल खेल्दै सिटि कलेज हावी रह्यो । यद्यपी, हात्तिसारले पाएको केही मौकामा गोल गर्न चुकेको थियो ।
च्याम्पियन सिटि कलेजले ट्रफीसहित नगद २० हजार २ सय २० रुपैया हात पार्यो भने उपविजेता हात्तिसारले नगद १० हजार १ सय १० रुपैयामै चित्त बुझायो । फाइनल खेलका म्यान अफ दि म्याच सिटि कलेजका देउमान लिम्बू घोषित भए भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि सिटि कलेजकै सौजन राई घोषित भए । यस्तै, वेष्ट मिडफिल्डर हात्तिसारका उमेश लिम्बू, वेष्ट डिफेन्समा हात्तिसारकै सागर कार्की, वेष्ट स्ट्राकरमा नवोदय विद्या मन्दिरका शिव राई र वेष्ट गोलकिपरमा सिटि कलेजका चन्द्रबहादुर राईले पुरस्कार थापे । प्रतियोगिताभर ४ गोल गरेका धरान उच्चमावि साइन्स ब्लकका रवि फुँयालले हाई स्कोररको पुरस्कार पाए भने फेयर प्ले टिमको पुरस्कार नवोदयले पायो ।
विजेता, उपविजेता टिम र व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई आयोजक नेवि स्पोर्टस् युनियनका अध्यक्ष दिपक थापा, प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नम्बर ४ का सभासद सिताराम मेहता, बिशेष अतिथि एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राई, कांग्रेस जिल्ला सहसचिव विकास आचार्य, युवा नेता सन्दिप श्रेष्ठ, हिसान केन्द्रीय सदस्य गंगाप्रसाद चौलागाई, मिक कम्प्युटर प्रालिका प्रबन्ध निर्देशक राजकुमार थोप्रा, नेवि संघ सुनसरी सभापति सुनिल शाहलगायतले पुरस्कार वितरण गरेका थिए ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे