नेवि कपमा डिसिएम, विरेन्द्र र डिपोटको जित
धरान । चौथो सामुराई जापानिज ल्यांग्वेज धरान इन्टर कलेज फुटबल प्रतियोगिता (नेबि कप) मा धरान कलेज अफ मेनेजमेन्ट(डिसिएम), विरेन्द्र मेमोरियल र डिपोट उच्चमाविले विजयी शुरुवात गरेको छ । धरान १६ स्थित भगवती निमाविको खेल मैदानमा शुक्रबार भएको खेलमा धरान कलेजले नेशनल मल्टिपल कलेजलाई टाइब्रेकरमा ३–१ ले हरायो भने दोस्रो खेलमा विरेन्द्रले चतरास्थित आदर्श बहुमुखी क्याम्पसलाई १–० ले हराउदै प्रतियोगितामा विजयी शुरुवात गर्यो । यस्तै, तेस्रो खेलमा डिपोटले नाष्ट कलेजविरुद्ध ६–० को फराकिलो जित दर्ता गरायो ।

यस्तै, दोस्रो खेलमा विरेन्द्रका सुजन श्रेष्ठले पहिलो हाफको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सो खेलको म्यान अफ दि म्याच आदर्शका गोलकिपर निराजन राना घोषित भए । डिपोट र नाष्ट कलेजबीच भएको तेस्रो खेलमा डिपोटले गोलको बर्षा गरेको थियो । डिपोटका मिलन राई, राजिव राई र पुरन राईले पहिलो हाफको क्रमश ः ८, १५ र २० मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको १०, १३ र २२ मिनेटमा क्रमशः नयन राई, पुरन राई र दावा तामाङले गोल थप्दै टिमलाई ६–० जित दिलाए । सो खेलमा म्यान अफ दि म्याच डिपोटका आशिष राई भए ।
शनिबार धरान उच्चमावि(साइन्स) र विजयपुर उमावि, एम्स एकेडेमी र धरान उच्चमावि, धरान मोडल कलेज र हात्तिसार क्याम्पस तथा सगरमाथा कलेज र नेशनल एकेडेमीबीच खेल हुने आयोजक नेवि स्पोट्रर्स युनियनले जनाएको छ ।
Comments
Post a Comment