दाह संस्कारस्थलबारेको वार्ता विथोलियो


धरान । मानव वस्ती नजिक वन क्षेत्रमा निर्माण गरिएको बौद्ध दाह संस्कारस्थलले दुर्गन्ध फैलाएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि समस्या समाधान गर्न शुक्रबार भएको द्धिपक्षिय वार्ता विथोलिएको छ । इलाका प्रशासन कार्यालयका प्रनिधितिको उपस्थितिमा भएको वार्तामा दुवै पक्षले आफ्नो धारणा राख्ने क्रममा आरोप प्रत्यारोप चलेपछि वार्ता बिचैमा विथोलियो ।
बौद्ध दाह संस्कारस्थलमा भएको वार्तामा शुरुमा स्थानीयले आफ्नो समस्या राखेका थिए । त्यसपछि, दाह संस्कारस्थलका सचिव कर्ण तमुले बोल्ने क्रममा ‘विरोध गर्नेहरु ८ नम्बर वडाको मात्रै भएको तर आफुहरुसँग १९ वटै वडाका मान्छे भएको’ भन्दै धम्कीपुर्ण भाषा प्रयोग गरेपछि वार्ताको वातावरण विग्रएको हो । तमुको बोलीबाट स्थानीय आक्रोशित हुदै वार्तास्थलबाट बाहिरिएका थिए । वार्तामा उपमहानगरपालिकाबाट कोही पनि प्रतिनिधि नआएकोमा पनि स्थानीय आक्रोशित थिए ।
दाहसंस्कार सम्बद्ध व्यक्तिले स्थानीयलाई होच्याउने र अपमान हुने गरि बोलेको हुनाले वार्तास्थल छोडेको स्थानीय सुवास श्रेष्ठले बताए । दाहसंस्कारका सचिवले १९ वटै वडाका मान्छे ल्याउदा तिमीहरुको के हालत होला भनेर धम्की दिएर समस्या चर्काउने काम गरेको बताए । ‘मरेको मान्छेको त सम्मान हुन्छ भने हामी त ज्यूउदै मान्छे हौं, हामीलाई पनि सम्मानपुर्वक बाँच्न देऊ मात्रै भनेका हौं’–श्रेष्ठले भने–‘तर, वार्तामा बोलाएर उल्टै हामीलाई अपमानजनक शब्द र व्यवहार गरियो ।’ स्थानीयले दाह संस्कारस्थललाई मानव वस्तीबाट टाढा स्थानान्तरण नगरे लाश जलाउन नदिई गेटमा धर्ना बस्ने चेतावनीसमेत दिएका छन् । दाह संस्कारस्थलका कार्यबाहक अध्यक्ष सेतुमान तामाङले भने आफुहरुले कसैलाई पनि अपमान हुने नगरी नबोलेको दाबी गरे । ‘हामीले त्यसरी भनेका छैनौं, अरु कसैले भन्यो होला । तर, मैले सुनिन’–उनले भने–‘अब २८ गते बुधबार नगरपालिकामा नै वार्तामा बस्छौं ।’
धार्मिक वनकोरुपमा दर्ता भएको बौद्ध दाह संस्कारस्थलबाट पुरै जलिनसकेको मावन शरीरको टुक्रालाई कुकुरले बोकेर घरआँगनसम्म पुर्याउने गरेको भन्दै स्थानीयबासीले उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, वन कार्यालयलगायतमा मंगलबार ज्ञापनपत्र बुझाएको थियो । शव जलाउदा निस्कने धुवा, धुलो र दुर्गन्धले घरमा बस्न सक्ने अवस्था नभएको स्थानीयको गुनासो छ । त्यस क्षेत्रका हजार परिवार पीडित छन् । मानव वस्तीबाट करिब डेढ सय मिटर मात्रै दक्षिण वन क्षेत्रमा शव जलाउन तीन वटा चित्ता(वर्निङ प्वाइन्ट) बनाइएको छ । स्थानीयले त्यसलाई आधुनिकीकरण गर्न एवं अन्यत्र सार्न दाहसंस्कार सञ्चालक समितिसँग पटक पटक वार्ता गरे पनि सुनुवाई नभएको बताएका छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे