चौथो नेबि कप शुरु,पूर्वाञ्चल क्यापस र नवोदयको विजयी शुरुवात


धरान । चौथो सामुराई जापानिज ल्यांग्वेज धरान इन्टर कलेज फुटबल प्रतियोगिता (नेबि कप) बिहिबारदेखि शुरु भएको छ । धरान १६ स्थित भगवती निमाविको खेल मैदानमा आयोजित पहिलो दिनको खेलमा पूर्वाञ्चल क्याम्पस र नवोदय उच्चमाविले जित हात पारेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पूर्वाञ्चल क्याम्पसले अल्पाइन कलेजलाई अतिरिक्त समयमा पराजित गरेको थियो भने दोस्रो खेलमा नवोदयले निकेतन उच्चमाविलाई हराउदै प्रतियोगितामा विजयी यात्रा शुरु गरेको छ ।
पूर्वाञ्चल र अल्पाइनबीच भएको पहिलो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेल शुरु भएको एक मिनेटमै पूर्वाञ्चलका सविन राना मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको १६ औं मिनेटमा गोल फर्काउदै अल्पाइनका रमेश गिरीले खेल बराबरी बनाए । दोस्रो हाफमा भने दुवै टिमले निर्णायक गोल गर्न सकेनन् । त्यसपछि २० मिनेट थप भएको खेलमा पूर्वाञ्चलका सविन राना मगर र समीर शाक्यले एक एक गोल गर्दै अल्पाइन विरुद्ध जित दर्ता गराए । पूर्वाञ्चलको जितमा २ गोल गरेका सविन राना सो खेलको म्यान अफ दि म्याच घोषित भए ।
यस्तै, दोस्रो खेलमा नवोदयले निकेतन उच्चमाविलाई ३–० गोलअन्तरले हरायो । नवोदयका अविस राईले पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए भने केशरसिंह लिम्बू र सौगात भुजेलले क्रमशः दोस्रो हाफको ७ र १६ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । उक्त खेलको म्यान अफ दि म्याच नवोदयका शिव राई घोषित भए । नेवि स्पोट्रर्स युनियनद्धारा आयोजित प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा धरान क्षेत्रका विभिन्न २५ वटा कलेज तथा उच्चमाविहरुले सहभागीता जनाएको छ । प्रतियोगिताको विजेताले नगद २० हजार २ सय २० रुपैया, मेडल र ट्रफी हात पार्नेछ भने उपविजेताले १० हजार १ सय १० रुपैया हात पार्ने आयोजक संस्थाका अध्यक्ष दिपक थापा मगरले बताए ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि एवं एन्फाका केन्द्रीय उपाध्यक्ष किसोर राई, कांग्रेस सुनसरी जिल्ला सहसचिव विकास आचार्या, हिसान केन्द्रीय सदस्य गंगाप्रसाद चौलागाईलगायतले शुभकामना मन्तव्य दिएका थिए । प्रतियोगिताको दोस्रो दिन शुक्रबार नाष्ट कलेज र डिपोट उच्चमावि तथा डि.सि.एम र नेशनल मल्टिपल कलेजबीच खेल हुने आयोजकले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे