नेवि कपमा हात्तिसार र पब्लिक सेमीफाइनलमा

धरान । यहाँ जारी चौथो सामुराई जापानिज ल्यांग्वेज धरान इन्टर कलेज फुटबल प्रतियोगिता (नेबि कप) मा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र पब्लिक उच्चमावि सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित भगवती निमाविको खेल मैदानमा बिहिबार भएको दुई क्वार्टरफाइनल खेलमा केन्द्रीय प्रविधि, हत्तिसारले धरान उच्चमावि(साइन्स ब्लक) र पब्लिक उमाविले धरान उच्चमावि(मेनेजमेन्ट)लाई हराउदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
बिहिबारको पहिलो क्वार्टरफाइनल खेलमा हात्तिसारले धरान उच्चको साइन्स ब्लकमाथि ३–० गोलअन्तरको सहज जित दर्ता गर्यो । हात्तिसारको जितमा सुरज पाण्डेले २ गोल गरे भने उमेश लिम्बूको नाममा एक गोल रह्यो । खेलमा पहिलो हाफको १० औं मिनेटमा सुरजले गोल गर्दै हात्तिसारलाई अग्रता दिलाए भने दोस्रो हाफको १५ औं मिनेटमा गोल थप्दै टिमलाई २ गोलको अग्रता दिलाए । यस्तै, २० औं मिनेटमा थप एक गोल गर्दै उमेशले हात्तिसारको जित पक्का गरे । सो खेलको म्यान अफ दि म्याच हात्तिसारका सुरज पाण्डे घोषित भए ।
यस्तै, प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा पब्लिक उच्चमाविले धरान उच्चको मेनेजमेन्ट ब्लकलाई १–० को झिनो गोलअन्तरले हराउदै सेमीफाइनल यात्रा तय गर्यो । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबारीमा टुगिएको थियो । तर, दोस्रो हाफको २० औं मिनेटमा धरान उच्चका खेलाडीले डि बक्सभित्र हातले वल छोएपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै पब्लिकले जित हात पार्यो । पेनाल्टीमा पब्लिका सन्तोष लिम्बूले गोल गर्दै टिमलाई महत्वपुर्ण जित दिलाए । सो खेलका म्यान अफ दि म्याच धरान उच्चका आङदावा शेर्पा घोषित भए ।
शुक्रबार पहिलो सेमीफाइनल खेल डिपोट उच्चमावि र केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार बीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल धरान सिटि कलेज र पब्लिक उच्चमाविबीच हुने आयोजक नेवि स्पोट्र्स युनियनले जनाएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे