बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

धरान । १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको आयोजनाबारे टिकाटिप्पणी भइरहदा धरान फुटबल क्लबले भने सोमबार टाइसिट सार्वजनिक गर्दै प्रतियोगिता आयोजना निश्चित गरेको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन १६ देखि २३ गतेसम्मको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दोस्रो पटक घोषित मिति र खेल तालिका अनुसार उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र रुपन्देहीको लिस्नु क्लबबीच हुनेछ ।
सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । प्रतियोगितालाई सफल बनाउन उदघ्टनलाई भव्यरुपमा गरिने क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले बताए । ‘यो टाइसिट नै फाइनल हो, अब फागुन १६ देखि २३ गतेसम्म बुढासुब्बा गोल्डकपको १७ औं सँस्करण निश्चितरुपम हुन्छ’–अध्यक्ष राईले भने–‘प्रतियोगितालाई भव्य र सफल बनाउन उद्घाटन भव्यरुपमा गछौं, फुटबलबाहेक अरु खेलहरुलाई प्रर्दशन गर्नेछौं ।’ सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईबाट उद्घाटन हुने समारोहमा नेपाली तारा सिजन ३ का उत्कृष्ट तीनमा पर्न सफल इटहरीका कलाकार देवेश राईको सांगीतिक प्रस्तुती पनि रहने उनले खुलाए ।
क्लबले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन दिनमा आयोजक र रुपन्देहीको लिस्नु क्लबबीच खेल हुनेछ भने फागुन १७ गते त्रिभुवन आर्मी क्लब र पोखरा ११ कास्कीबीच भिडन्त हुनेछ । यस्तै, फागुन १८ गते सशस्त्र प्रहरीको एपिएफ र भारत कोलकत्ताको बेलगरिया स्पोर्टिङ क्लब, फागुन १९ गते झापाको मुनाल क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । पहिलो चरणको खेलको विजेताबीच फागुन २० र २१ गते सेमीफाइनल र २३ गते फाइनल खेल हुनेछ ।
...........

                                                    आयोजकबाट थ्री स्टारका खेलाडी 


घरेलु मैदानमा आयोजना भएको बुढासुब्बा गोल्डकप १७ औं सँस्करणमा पुगिसकेको छ, तर आयोजकले एक पटक पनि उपाधि जित्न सकेको छैन । घरेलु मैदानमा पनि उपाधि जित्न नसक्दा हरेक बर्ष घरेलु दर्शक निराश हुदै आएको छ । तर, यसपटक उपाधि जित्ने लक्ष्यका साथ थ्री स्टारका उत्कृष्ट खेलाडीहरुलाई मैदानमा उतार्ने आयोजकले जनाएको छ । ‘एक पटक पनि उपाधि जितेको छैनौं, त्यसैले जहिल्यै हामीलाई मैदानमा ठुलो दबाब हुन्छ’–क्लबका अध्यक्ष राईले भने–‘यो पटक पनि उपाधि जित्ने लक्ष्य र रणनीति लिएर थ्री स्टारका खेलाडीसहित मैदानमा उत्रदैछौं ।’
क्लबका अनुसार थ्री स्टारमा अधिकांश धरानका खेलाडीहरु भएकोले पनि यसपटक उक्त क्लब सहभागी छैन । आफ्ना खेलाडी आयोजक क्लबबाट खेल्न थ्री स्टारले खेलाडीलाई रिलिज गर्न सहमत पनि भइसकेको क्लबले जनाएको छ । थ्री स्टारबाट ७ भन्दा बढी खेलाडी नै आयोजकबाट खेल्दैछन् । जित्ने रणनीति लिएको आयोजकले एक महिनादेखि आफ्नो टिमलाई प्रशिक्षण पनि दिइरहेको छ ।
...........

                                                   पास नमागिदिन आग्रह 



१७ आंै बुढासुब्बा रेडबुल गोल्डकपको आयोजकले मोफसलमा निरन्तर आयोजना भइरहेको इतिहास बनाएको प्रतियोगितालाई बचाउन हरेक खेल टिकट काटेर हेरिदिन आग्रह गरेको छ । दुई वटा प्रतियोगिताबाहेक हरेक सँस्करणमा आर्थिकरुपमा नोक्सानी व्यहोरिरहेको आयोजकले पास मागेर खेल गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै टिकट काटेर खेल हेरिदिन खेलप्रेमीहरुलाई आग्रह गरेको हो । ‘इतिहास बोकेको प्रतियोगितालाई बचाउने दायित्व क्लबको मात्रै होइन, सम्पुर्ण धरानबासी, खेलप्रेमीहरुको पनि हो । त्यसैले यसपटक पास नमागिदिनुहोस, पैसा तिरेर टिकट काटेर खेल हेरिदिनुस भनेर विनम्र अनुरोध गर्दछु’–क्लबका अध्यक्ष राईले भने ।
क्लबले गोल्डकप सञ्चालन हुदा भिआइपी भन्दै विभिन्न व्यक्ति, प्रायोजक र सहयोग गर्ने संघसंस्थाहरुलाई पास दिने गरेको छ । क्लबका अनुसार हरेक सँस्करणमा कम्तीमा ५ सय पास वितरण गरिएको हुन्छ भने प्रायोजकलाई सम्झौता अनुसार छुट्टै टिकट दिइएको हुन्छ । तर, यसपटक पास वितरणमा कडाई गरिएको र सकेसम्म पास नबाडिने क्लबका महासचिव प्रताप तामाङले बताए । ‘पहिला ५ सय जति पास जान्थ्यो, तर यसपाली पासलाई एकदमै घटाउदैछौं, पास मागेर होइन टिकट काटेर खेल गर्न सबैमा अनुरोध गछौं’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे