जेनिथ् स्कुलमा स्वास्थय जाँच

धरान । स्वास्थ्य जनचेतना कार्यक्रममा सबैको पहुँच भन्ने नारासहित शुक्रबार धरान १६ स्थित जेनिथ् बोर्डिङ्ग स्कुलमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच भएको छ । स्कुलले आफ्नो बार्षिक क्यालेण्डर अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल रोग विभागसँग सहकार्य गरेर स्वास्थ्य शिविर गरेको जनाएको छ ।
शिविरमा डाक्टर ज्योति अग्रवाल, ओमर मान प्रधान , क्रान्तिकिरण बराल, मनोज कुमार चौधरी र मनिस शर्मालगायतले विद्यार्थीहरुको जाँच गरेका थिए । शिविरमा ४० प्रतिशत भन्दा बढिमा दाँत सम्बन्धि समस्या देखिएको थियो भने पेटको जुका ,ठेउला एव रुघाखोकि सम्बन्धि समस्याहरु पनि देखा परेको प्रिन्सिपल समुन जवेगुले जानकारी दिए ।
समस्या देखिएका विद्यार्थीहरुलाई थप उपचारको लागि प्रतिष्ठानस्थित बाल रोग विभागमा सिफारिश गरिएको छ । साथै, चिकित्सकहरुले अभिभावकलाई होमटिफिनमा जोडदिएका थिए भने उचित तरिकाले नियमित दात माझ्न, स्वास्थ्यकर खानामा ध्यान दिन पनि सुझाव दिएको डाक्टर ज्योति अग्रवालले बताइन् । यस्ता कार्यक्रमहरु अन्य विद्यालयहरुमा पनि आयोजना हुन सके भविष्यका कर्णाधारहरुको स्वास्थ्यबारे सचेत हुनसक्ने उनको भनाई छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे