यामाहाको नयाँ मोडलको मोटरसाइकल बिक्री शुरु

धरान । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंकले एफजेडएस एफआई भर्सन २ र एफजेड एफआई भर्सन २ मोटरसाइकलको धरानमा बिक्री शुरु गरेको छ । गजुरमुखीले बिहिबार एक औपचारिक कार्यक्रम गरेर नयाँ मोडलको यो मोटरसाइकलको बिक्री प्रारम्भ गरेको हो ।
धरान ८ स्थित शोरुमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे र गजुरमुखीका संस्थापक गोपाल आचार्यले संयुक्तरुपमा नयाँ मोटरसाइकल सार्वजनिक गरेका थिए । सोही अवसरमा मोटरसाइकल खरीद गर्ने ७ जना ग्राहकलाई चाबी हस्तान्तरण पनि गरिएको थियो । यामाहाको नयाँ मोटरसाइकल गुणस्तरीय र इञ्जिन क्षमता पनि उच्च रहेकोले राम्रो माइलेज र उच्च पिकअप दिने कम्पनीले जनाएको छ । यो मोटरसाइकलमा अत्याधुनिक र उच्च प्रविधियुक्त १४९ सिसिको ब्लु कोर फ्युल इन्जेक्टेड इञ्जिन जडान गरिएको यामाहाको नेपालको लागि आधिकारिक बिक्रेता एम.ए.डब्लु इन्टरप्राइजेजका सेल्स मेनेजर प्रकाश देवकोटाले बताए ।
देवकोटाका अनुसार ब्लु कोर इञ्जिनमा सर्वाधिक पिकअप क्षमता हुने, इन्धन बचाउन सहयोग गर्ने, चालकलाई सुरक्षित र आनन्द महसुस गराउने तथा मोटरसाइकल वातावरणअनुकुलसमेत रहेको छ । ‘यो मोटरसाइकल धेरै स्टाइलिस, वेष्ट पिकअप, राम्रो माइलेज, इकोफ्रेन्डली र आरामदायी छ’–देवकोटाले भने । गजुरमुखीका सञ्चालक गोपाल आचार्यका अनुसार बिक्री प्रारम्भको अवसरमा मोटरसाइकल टेष्टराइड गरेवापत ग्राहकरुलाई नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड उपचार दिइएको थियो भने एक जना भाग्यशाली टेष्ट राइड गर्ने ग्राहकलाई एक था ३२ इञ्चको ब्राण्डेड एलइडि टिभी उपहार दिइनेछ । साथै, एफजेडएस एफआई भर्सन २ र एफजेड एफआई भर्सन २ मोटरसाइकल टेष्ट राई गर्नेमध्येबाट लक्की ड्रमार्फत बम्पर उपहारअन्र्तगत २ थान आइफोन ६ कम्पनीले उपलब्ध गराउने आचार्यले बताए । एफजेडएस एफआई भर्सन २ मोटरसाइकल विभिन्न ४ रंगहरुमा उपलब्ध छन् भने एफजेड एफआई भर्सन २ विभिन्न २ रंगमा उपलब्ध छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे