हिसान स्पोटस मिट समापन


धरान । उच्च मावि संघ(हिसान) सुनसरीले आयोजना गरेको सप्ताहव्यापी हिसान स्पोटर््स मिट ०७१ को बुधबार समापन भएको छ । धरान ८ स्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको खेल मैदानमा फुटबल खेलको फाइनल खेलसँगै हिसान स्पोर्टस मिट सकिएको हो ।
डिपोट उच्चमावि र अल्पाइन उच्चमाविबीच भएको फुटबलको फाइनल खेलमा डिपोटले १–० ले बाजी मार्यो । पहिलो हाफमा सुन्दर राईले गरेको एक मात्र गोलको मद्दतले डिपोट फुटबलको विजेता बन्यो । यसैगरि, स्पोर्टस मिटअन्र्तगतकै बास्केटवल प्रतियोगिताको उपाधि धरानकै नेशनल उच्चमाविले जित्यो भने डिपो उमावि उपविजेतामा सिमिति रह्यो । लोकनृत्यमा धरान उमाविका रोशिमा राई प्रथम भईन् भने भारवी उमाविकी झुमा लिम्बू दोस्रो, कोशी उमावि इटहरीकी रोजी चौधरी तेस्रो र कस्तुरी उमाविकी हेलेन बस्नेत सान्त्वना भइन् ।
यस्तै, हाजिरी जवाफ प्रतियोगितामा गोदावरी उमावि इटहरी प्रथम, विश्वआदर्श उमावि दोस्रो र चामुण्डा उमावि तेस्रो भयो । निबन्ध प्रतियोगितामा विश्वआदर्श उमाविका मनोज तिवारी प्रथम, धरान उमाविका प्रशा अधिकारी दोस्रो, चामुण्डा उमावि इटहरीका अर्जुन धिमाल र सगरमाथा उमावि धरानका पवन जिमी संयुक्तरुपमा तेस्रो भए । टेबलटेनिस प्रतियोगितामा छात्रतर्फ विश्वआर्दश प्रथम, डिपो उमावि दोस्रो, भारवि उमावि र कस्तुरी उमावि संयुक्तरुपमा तेस्रो भए । यस्तै, छात्रातर्फको खेलमा कस्तुरी उमावि पहिलो, अल्पाईन उमावि दोस्रो, लर्डबुद्ध उमावि र चामुण्डा उमावि तेस्रो भयो ।
यसैगरि, ब्याडमिन्टनमा छात्रतर्फको खेलमा इटहरीको गोदावरी उमावि प्रथम, विश्वआदर्श उमावि दोस्रो, डिपो उमावि र कोशी सेन्ट जेम्स उमावि संयुक्तरुपमा तेस्रो भयो । छात्रातर्फको खेलमा भने डिपो उमावि पहिलो, चामुण्डा उमावि दोस्रो, कोशी सेन्ट जेम र कस्तुरी उमाव संयुक्तरुपमा तेस्रो भयो । खेल सप्ताह समापन समारोहमा विभिन्न विधाका विजेताहरुलाई आयोजक संघका अध्यक्ष मुकुन्द घिमिरे, प्रमुख अतिथि एवं उच्च मावि शिक्षा परिषद विराटनगरका प्रमुख रमाकान्ता तिवारी, संघका केन्द्रीय सदस्य गंगा चौलागाई, बिशेष अतिथिद्धय प्रेम न्यौपाने, लेखनाथ घिमिरे, खेल संयोजक राजकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे