नेवि कपको फाइनलमा हात्तिसार र सिटि कलेज

धरान । चौथो सामुराई जापानिज ल्यांग्वेज धरान इन्टर कलेज फुटबल प्रतियोगिता (नेबि कप) मा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र धरान सिटि कलेज फाइनलमा पुगेको छ । धरान १६ स्थित भगवती निमाविको खेल मैदानमा शुक्रबार भएको दुई सेमीफाइनल खेलमा जित हात पार्दै केन्द्रीय प्रविधि र सिटि कलेज उपाधि नजिक पुगेको हो । उपाधिको लागि दुवै टिमबीच आइतबार फाइनल भिडन्त हुनेछ ।
शुक्रबार भएको पहिलो समीफाइनल खेलमा केन्द्रीय प्रविधिले डिपोट उच्चमाविमाथि ४–० गोलअन्तरको सहज जित पाउदै अन्तिम दुईमा स्थान पक्का गर्यो । केन्द्रीय प्रविधिको जितमा सन्दीप लिम्बूले ह्याट्रिक गरेका थिए । म्यान अफ दि म्याच घोषित उनले पहिलो हाफको ६ मिनेट र दोस्रो हाफको १२ औं, २४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । केन्द्रीय प्रविधिको लागि पहिलो हाफको ११ औं मिनेटमा सुरज पाण्डेले थप एक गोल गरेका थिए ।



Comments
Post a Comment